poezd-fun.com
  • Home
  • Sport

आइपीएल र सीपीएल पछि सन्दीप अफगानिस्तान प्रिमीयर लिगमा Letzcricket – Serving Nepali Cricket

एक पछि अर्को विदेशी फ्रेन्चाइज लिगमा सहभागिता जनाउने क्रममा युवा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अब अफगानिस्तान प्रिमीयर लिगमा पनि खेल्ने भएका छन् । आगामी अक्टोबरमा युएईमा आयोजना हुन लागेको सो प्रतियोगितामा सन्दीप फ्रेन्चाइज टोली नान्गरहरबाट सहभागिता जनाउनेछन् ।

सन्दीपसँगै ड्राफ्टमा परेका नेपाली कप्तान पारस खड्का तथा सोमपाल कामीलाई भने कुनै फ्रेन्चाइजले बोली लगाएनन् ।

सन्दीपको टोलीमा वेस्ट इन्डिजका आन्द्रे रसेल आइकन खेलाडीमा रहेका छन् । त्यस्तै अस्ट्रलियाका बेन कटिङसहित मुस्ताफिजुर रहमान, तमिम इकबाल, मोहम्मद हफिज, मिचेल म्याकघालेन जस्ता खेलाडीले सन्दीपसँगै नान्गरहरबाट एपीएलमा खेल्ने छन् । टोलीमा रहेका अफगानी खेलाडीमा मुजिवर रहमानलगायत छन् ।

सन्दीपले यसअघि दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिग, मोन्ट्रियल टाइगर्सबाट ग्लोबल ट्वान्टी २० क्यानडा लिग र हालै सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सबाट क्यारेबियन प्रिमियर लिगमा खेलेका थिए ।

पारस र सोमपाल अफगानिस्तान प्रिमीयर लिगको ड्राफ्टमा Letzcricket – Serving Nepali Cricket India bounce back with a big win in third test Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top