poezd-fun.com
  • Home
  • Sport

आइसीसी विश्वकप क्वालिफायर बारे तपाईका हरेक प्रश्नका उत्तर Letzcricket – Serving Nepali Cricket

के हो आइसीसी विश्वकप क्वालिफायर?
यो क्रिकेटको विश्वकप अवस्य पनि होइन, २०१९ मा हुने विश्वकप खेल्ने १० टिम मध्य, अन्य २ टिमको छनौटको लागि गरिएको प्रतियोगिता हो |

यसले हामीलाई के मतलब राख्छ?
यस प्रतियोगिता मार्फत क्रिकेट खेललाई ग्लोबल बनाउने चासोप्रति आइसीसीले केहि हदसम्म प्रयास गरेको बुझ्न सकिन्छ | यस प्रतियोगितामा १० देश सहभागी हुनेछन, जहांबाट केवल २ टिम विश्वकपको लागि छनौट हुनेछन | यसकारण पनि प्रतियोगिता निकै प्रतिष्पर्धी हुने देखिन्छ भने नेपालको लागि ODI status ले ठुलो महत्व राख्नेछ |

१० टिम खेलेर पनि कहीं विश्वकप हुन्छ?
आइसीसीको यस निर्णय बारे संसारभर निक्कै नै बहस भइरहेको छ, यसकारण पनि यो पालाको विश्वकप क्वालिफायरलाइ ठुलो मानिएको छ | साथै विश्वकप क्वालिफायरमा ४ टेस्ट टिम ( वेस्ट इन्डीज, जिम्बाब्वे साथै नया टेस्ट रास्ट्र आयरल्याण्ड र अफघानिस्तान) समेत आफ्नो स्थान विश्वकपमा सुरक्षित गर्नका लागि खेलिरहेका छन् |

वेस्ट इन्डिज पनि यो क्वालिफायर खेल्दै छ? मतलब क्रिस गेलको टिम?
हो, कुनै जमानाको ब्रायन लाराको देशपनि विश्वकप खेल्न नपाउन सक्छ | खतरनाक क्रिकेटर क्रिस गेलको टिम वेस्ट इन्डिज संगै जिम्बाब्वे पनि विश्वकप क्वालिफायर खेल्नु पर्नेछ| ४ टेस्ट रास्ट्र विश्वकपको लागि सिधै छनौट हुन सक्थे, तर २०१७ सेप्टेम्बर ३० सम्म, एकदिवसीय खेल्ने माथिका टप ८ भित्र पर्न नसकेकाले उनीहरुले पनि क्वालिफायर खेल्नु पर्ने भएको हो | ४ टेस्ट रास्ट्र संगै ४ विश्व क्रिकेट लिग च्याम्पियनसिपका टप ४ टिम Netherlands, Scotland, Hong Kong र Papua New Guinea पनि रहेका छन् भने हालै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ का शिर्ष २ टिम UAE र Nepal गरि १० रास्ट्रबीच प्रतिष्पर्धा हुनेछ |

क्वालियरमा अब के के हुन्छ?
१० रास्ट्रलाइ ५-५ गरि २ समुहमा छुट्याइएको छ, समूहका खेलबाट टप ३ टिम सुपर सिक्समा पुग्नेछन | त्यहाँ हरेक टिमलाइ समुह चरणमा खेल्न नपाएका ३ टिमहरुसंग प्रतिष्पर्धा गराइनेछ | ग्रुपमा कमाएका पोइन्ट सुपर सिक्सेसमा गएर पनि जोडीनेछ तर ग्रुपका अन्तिम २ टिमसंग कमाएको अंक भने जोडिनेछैन |

ए, भनेपछि अब टिभी अगाडी बस्नु पर्ने भयो !
विश्वकप क्वालिफायरका १० खेल मात्र टिभीबाट लाइभ आउने जानकारी गरिएको छ! जसमा वेस्ट इन्डिजको आयरल्याण्ड र नेदरल्याण्ड बीचको खेल, सुपर सिक्सका ७ खेल र फाइनल गरि १० खेल प्रत्यक्ष प्रसारण हुनेछन |

यति ठुलो प्रतियोगिता रहेछ, किन सबै लाइभ नदेको? के मा हेर्ने अब?
पहिलेका विश्वकप क्वालिफायरका खेल कुनै पनि लाइभ हुन्थेनन, यसपाला यी क्रिकेटका उदाउँदा रास्ट्र तर्फ Global Attention तान्नका लागि यति भएपनि लाइभ दिने व्यवस्था गरिएको हो | नेपालको क्रिकेट सधै स्कोर हेर्ने बानी लागेको हो, तर यसपाला भने स्कोरको लागि बिदेसी साइट नै हेर्नुपर्ने बाध्यता छैन | आफ्नै नेपाली दाजुभाइको मेहनत मार्फत वेबसाइट Letzcricket.com ले सम्पूर्ण नेपाली खेलका लाइभ स्कोर हेर्दै आएको बिदेशी साइट भन्दा अझ १ बल छिटो प्रसारण गर्नेछ |

नेपाल जिम्बाम्बेसंग ११६ रनले पराजित Letzcricket – Serving Nepali Cricket १५ दिने बन्द प्रशिक्षण तयारी पुरा Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top