poezd-fun.com
  • Home
  • Sport

आईसीसीमा पनि #MeToo को प्रभाव Letzcricket – Cricket News Articles From Around the Globe

आईसीसीले यौन दुर्व्यवहारको आरोपमा पर्ने खेलाडीहरू, कोचहरू र अधिकारीहरूको लागि प्रतिबन्ध लगाउने भएको छ। हाल सोसल मिडियामा चलिरहेको #MeToo आन्दोलनले क्रिकेटलाई पनि छोएसंगै, आफ्नो नयाँ प्रस्तावमा क्रिकेट भित्र हुने यौन उत्पीडनका घटनाहरुमा आईसीसीले सख्त कानुन बनाउने बुझिएको छ। रिपोर्टका अनुसार आईसीसीले यौन दुर्व्यवहारको आरोप प्रमाणित पाईएमा उक्त खेलाडीहरू, कोचहरू र क्रिकेट अधिकारीहरूको लागि प्रतिबन्ध लगाउने भएको छ। कुनै पनि यस्तो आरोप प्रमाणित भएमा, उक्त व्यक्तित्वहरु आईसीसी कार्यक्रमहरुमा भाग लिनबाट प्रतिबंध गरिनेछ। यस समय #Metoo आन्दोलनले महिलाहरूलाई यौन अपराधीहरूको विरुद्धमा बोल्न मदत गरेको छ। 

यो प्रस्ताव सिंगापुरमा आगामी दुई दिने आईसीसी बैठकमा छलफल गरिनेछ। यस बैठकमा सबै टेस्ट राष्ट्रका मुख्य अधिकारीहरू उपस्थित हुनेछन्। प्रस्तावको अनुसार, यस प्रतिबंधले खेलाडीहरु मात्र नभई, खेल अधिकारीहरू, पत्रकारहरू र विज्ञापनदाताहरूलाई पनि असर गर्नेवाला वुझिएको छ।  नतिजा स्वरूप, आईसीसी विश्व टी 20 र आईसीसी क्रिकेट विश्वकप सहित आइसीसीका टूर्नामेन्टमा कसैले पनि स्टेडियम प्रवेश गर्न अनुमति पाउने छैनन्। 

हालै, सीईओ तथा बीसीसीआईका चितपरिचित व्यक्ति राहुल जोह्री लाई सोसल मीडियामा अज्ञात स्त्रीले यौन दुर्व्यवहारको आरोप लगाएपछि, उनी माथि उल्लेखित आईसीसी बैठकबाट बाहिर बस्न बाध्य भएका छन्। जोह्रीलाई आरोप लगाईएको १४ दिनको अवधिमा आफैले व्याख्या गर्न समेत निर्देशन गरिएको छ। प्रशासकहरूको समिति Committee of Administrators (CoA) ले पनि जोह्रीको ठाउंमा बीसीसीआई का कार्यवाहक सचिव अमिताभ चौधरीलाई आईसीसीको उक्त बैठकमा भाग लिन आदेश दिएको छ। 

Nepal Army Club vs Province Number 3, MM Cup First Semi Final Letzcricket – Cricket News Articles From Around the Globe Nepal Police Club vs Sudur Paschim Province, MM Cup Semi Final Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top