poezd-fun.com
  • Home
  • Sport

आयोजक नेक्सस क्रिकेट एकेडेमी र सनराइज महेन्द्रनगर सेमीफइनल प्रबेश Letzcricket – Serving Nepali Cricket

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता अन्तरगत मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलहरुमा नेक्सस क्रिकेट एकेडेमीले लालिगुरांश क्रिकेट एकेडेमी र सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरले ग्रेटर हिमालयन क्रिकेट एकेडेमी लाई पराजित गर्दा नेक्सस र सनराईज ग्रुप बिजेता बन्दै सेमीफाइनल पुगेका छन ।

आईतबारको पहिलो खोलमा टस जितेर ब्याटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमीले लालिगुरांश क्रिकेट एकेडेमी झापा लाई ५३ रनले पराजित गरेको थियो । खेलको पहिलो इनिङ को पहिलो ओभरमै नेक्ससका महत्वपुर्ण २ वीकेट पतन भएपछि लगातार ४ ओभरमा ४ वीकेट गुमाउदै जम्मा १५ रन मात्र बनाएको थियो । धाराशाही बनिसकेको टिम नेक्ससलाई ओम प्रकाश शाह र क्रिस कार्की ले सम्हालिदै ७४ रनको साझेदारी गरेपछि मध्यम स्कोर बनेको थियो । ओमप्रकाश शाह ले ४२ बल खेल्दै ४ चौका को मद्वतमा ४१ रन र क्रिस कार्कीले २२ बलमा १ छक्का ४ चौका प्रहार गर्दै ४० रन बनाएका थिए । टिमका अन्य ब्याट्सम्यानको खराब प्रर्दशनका कारण निर्धारित २० ओभरमा १८ ओभरमै अलआउट हुदा ११८ रन मात्र बनेको थियो ।

लालिगुरांशका ओपनर बलर डिकेन थापाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चैर ३ वीकेट लिन सफल भएका थिए भने उज्ज्वल राजभण्डारीले समान ३ वीकेट लिदा बिराज तामाङले २ र अभिष्ैक मेहेताले १ वीकेट लिन सफल भएका थिए ।
१ सय १९ रनको बिजयी लक्ष्य पच्छ्याउदै ब्याटिङमा उत्रेको लालिगुरांश झापाले २० ओभरखेल्दै ९ वीकेटको क्षेतीमा ६५ रनमै समेटिएको थियो । बेन्जामिन खत्रीले १९ र मौसम कडरीयाले १५ रन बनाउदा अन्य ब्याट्सम्यान ले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङ तर्फ नेक्ससका सुमन सुन्दास असिमले ४ ओभरमा २० रन दिदै ४ वीकेट लिएका थिए भने क्रिस कार्की, समिर बिष्ट, बिशाल के सी र बिनोद बिष्टले समान १÷१ वीकेट लिएका थिए । म्यान अफ दि म्याच घोषित क्रिस काकी प्रदेश नं.७ का प्रमुख प्रशिक्षक बिरेन्द्र शाहीले ट्रफी प्रदान गर्नु भएको थियो ।

दोस्रो खेल सनराईज महेन्द्रनगर बिजयी

आइबारको दोस्रो खेलमा सनराईज महेन्द्रनगरले ग्रेटर हिमालयन लाई ८ वीकेटले हराएउदै ग्रुप बिजेत ाबनेको हो । टस जितेर ब्याटिङमा उत्रेको ग्रेटर हिमालयन का दिपक बोहोराले २५ बलमा ७ चौका प्रहार गर्दै ३८ रन र बिशाल थापाले ११ बलमा १३ रन बनाएका थिए । १८.३ ओभरमा अलआउट हुदा हिमालयन को कुल १ सय ६ रन बनेको थियो । सनराईज महेन्दनगरका पारस छेत्रीले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ५ बिकेट लिएका थिए भने सुबोध ऐरले ४ ओभरमा १७ रन दिदै ४ वीकेट लिन सफल भएका थिए ।

१०७ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको सनराईज महेन्द्रनगरका म्यान अफ दि म्याच घोषित सुबोध ऐर ले ३७ बलमा ९ चौका २ छक्का प्रहार गर्दै ५९ को पारी खेलेका थिए । अर्का ब्याट्सम्यान प्रबिन भट्टले २७ रन बनाएका थिए । बिश्व बिध्यालय क्रिकेट क्लबका अध्यक्ष सुमन कार्कीले ऐर लाइ म्यान अफ दि म्याच को ट्रफी प्रदान गर्नु भएको थियो । १३ गते आयोजक नेक्सस संग सनराइज ले सेमी फइनल खेल्नेछ ।

नेक्सस कपको तयारी पुरा, १२ टोलीबीच प्रतिस्पर्धा हुँदै Letzcricket – Serving Nepali Cricket सन्दिप अष्ट्रेलियन बीग ब्यास लिग खेल्ने Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top