यही डिसेम्बर ८ देखि २२ (मङ्सिर २२ – पुष ७०) सम्म काठमाडौँमा सञ्चालन हुन गइरहेको ऐभरेष्ट प्रिमियर लिग (इपीएल) को खेल तालिका सार्वजनिक भएको छ । ६ टोली सहभागी रहेको सो प्रतियोगितालाई यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मान्यता दिइसकेको छ ।
प्रतियोगिताको पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रीएट्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पहिलो चरणमा सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको समाप्तिपश्चात् शीर्ष दुई स्थान ओगट्ने टोलीले क्वालिफायर खेल्न्छन् जसको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ । लिगमा तेस्रो तथा चौथो स्थान हासिल गर्ने टोलीबीच एलिमिनेटर हुनेछ जसको विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले पहिलो क्वालिफायरको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
सहभागी ६ टोली
विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किंग्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, ललितपुर प्याट्रीएट्स
यो पनि पढ्नुहोस् : इपीएललाई आइसीसीको मान्यता
