poezd-fun.com
  • Home
  • Sport

इपीएललाई आइसीसीको मान्यता Letzcricket – Serving Nepali Cricket

एभरेष्ट प्रिमीयर लिग (इपीएल) का आयोजकका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मान्यता दिएको छ । आइसीसीलाई २० हजार डलर तिरे पश्चात् यस प्रतियोगिताले आइसीसीबाट मान्यता पाएको जानकारी आयोजकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

आइसीसीबाट मान्यता पाए पछि अब यस प्रतियोगितामा विदेशी खेलाडीको सहभागिताको लागि मार्ग खुलेको छ । यसअघि नै ठूला विदेशी नामहरु यस प्रतियोगितामा सहभागि हुने खबर आइसकेको छ । बाबर हयात (हंगकंग), केभिन ओ ब्रायन (आयरल्याण्ड), सिकन्दर राजा (जिम्बाबे) लगायतका खेलाडि इपीएलमा खेल्ने तय भइसकेको छ ।

प्रतियोगिता यही डिसेम्बर ८ देखि २२ (मङ्सिर २२ – पुष ७) सम्म काठमाडौँमा सञ्चालन हुनेछ ।

इपीएलमा सहभागि ६ टोलीहरु

विराटनगर वारियर्स

भैरहवा ग्लाडिएटर्स

काठमाडौँ किंग्स ११

पोखरा राइनोज

चितवन टाइगर्स

ललितपुर प्याट्रीएट्स

करण चम्किँदा डिफेन्डिङ च्याम्पियन विराटनगरको विजयी सुरुवात Letzcricket – Serving Nepali Cricket Warner and Rashid guide SRH to a win over KXIP Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top