poezd-fun.com
  • Home
  • Sport

इपीएल – काठमाडौँ र ललितपुरको जित Letzcricket – Serving Nepali Cricket

काठमाडोँमा सञ्चालन भइरहेको एभरेष्ट प्रिमीयर लिग (इपीएल) को आज भएका खेलहरुमा काठमाडौँ किंग्स ११ र ललितपुर ललितपुर प्याट्रियट्स विजयी भएका छन् । जारी प्रतियोगितामा ललिपुरको यो ३ खेलमा दोस्रो जित हो भने काठमाडौँको पहिलो जित हो ।

चितवनले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडोँले १८.५ ओभरमा  चार विकेटको क्ष्तिमा सो लइय हासिल गरेको थियो । काठमाडौँका लागि सुब्रमन्यम आनन्दले ४३ रनको अविजित पारी खेल्दा सागर पुनले ३९ रनको योगदान दिएका थिए । ललितपुरका तर्फाट शाहब आलमले दुई विकेट लिएका थिए ।पहिलो पारीमा चितवनका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । काठमाडौँका लागि प्रदीप साहु तथा संसाद शेखले समान ३/३ विकेट लिएका थिए ।

आज भएको दोस्रो खेलमा दुई भारतीय खेलाडी गौरब तोमार तथा जयकिसन कोल्छावालाको सानदार प्रदर्शनमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ । पोखराले रिचार्ड लेभीको ८४ रनको मद्दतमा ललितपुरसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौरब तोमारको ८२ तथा कोल्छावालाको ५१ रनको सहायतामा ललितपुरले सहजै जित दर्ता गराउन सफल भएको थियो ।

इपीएलको खेल तालिका सार्वजनिक Letzcricket – Serving Nepali Cricket तस्वीरमा हेर्नुहोस् एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पहिलो दिन Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top