poezd-fun.com
  • Home
  • Sport

एकेडेमी क्रिकेट लिग : ओससि र पोखरा क्रिकेट एकेडेमी बिजयी Letzcricket – Serving Nepali Cricket

काठमाण्डौको मुलपानीमा संचालन भैरहेको एकेडेमी क्रिकेट लिग अन्तरगत सोमबार सम्पन्न खेलमा एन्जल स्पोटर्स क्रिकेट एकेडेमी लाई ओससि क्रिकेट एकेडेमीले ६ बिकेटले पराजित गरेको छ भने रामारोशन क्रिकेट एकेडेमीलाई पोखरा क्रिकेट एकेडेमील ९ बिकेटले पराजित गरेको छ ।

सोमबार सम्पन्न पहिलो खेलमा ओससिले टस जितेर फिल्डिङ रोज्दै एन्जल लाई ब्याटिङ निम्तो दिएको थियो । निर्धारित १४ ओभरमा एन्जलले ६ बिकेट गुमाउदै ६२ रन बनाएको थियो । एन्जलका बिबेक राना मगरले ३२ बल खेल्दै २ छक्का र २ चौका को मद्दतले ३५ रन बनाउदा अन्य ब्याट्स म्यान ले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङ तर्फ ओससिका दिपेश कडेलले ३ ओभरमा १ मेडन राख्दै ३ रन खर्चिदै २ बिकेट लिएका थिए भने स्वरुप श्रेष्ठले २ बिकेट, सचिन शर्मा र बिशाल पटेलले समान १÷१ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको ओससिले १२.५ ओभरमा ४ बिकेट गुमाउदै ६३ रन बनाउदा खेल ६ बिकेटले बिजयी भएको थियो । ओससिका ब्याट्स म्यान आशिष झाले २५ रन र दिपेश कडेलले २१ रन बनाएका थिए ।  बलिङ तर्फ एन्जलअंकित न्यौपानेले २ बिकेट र सुनिल शाहीले १ वीकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच ओससिका दिपेश कडेल घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

दोस्रो खेल ग्रटर पोखरा बिजयी

सोमबारै सम्पन्न दोस्रो खेलमा टस जितेर पोखरा क्रिकेट एकेडेमी पोखराले फिल्डिङ रोज्दै रामारोशन क्रिकेट एकेडेमी लाई ब्याटिङको निम्तो दिदा ब्याटिङमा उत्रेको रामारोशनले १२.३ ओभर खेल्दै सम्पुर्ण बिकेट गुमाएर ४० रन मा समेटिएको थियो । रामारोशनका ब्याट्सम्यान सुबास ऐरले १२ रन र बिबेक बि सीले १० रन बनाउदा अन्य ब्याट्स म्यानले दोहोरा अंक बनाउन नसक्दा टिम प्रतियोगिताकै हाल सम्मको न्युन स्कोर मा समेटिएको हो ।

बलिङ तर्फ पोखराका सुबास भण्डारीले ३.३ ओभर मा ७ रन दिदै ४ बिकेट लिए भने बिपीन खत्री र सुशिल गिरीले समान ३÷३ वीकेट लिएका थिए । ४१ रनको झिनो बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको पोखराका रमेश बस्नेतले २३ रन बनाउदा अर्जुन कुमालले ७ रन र बिपीन खत्रीले ५ रन बनाएका थिए ।

खेलमा म्यान अफ दि म्याच पोखराका सुबास भण्डारी घोषित भएका थिए । उनलाई नगद रु १ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।

करणको शानदार अलराउण्ड प्रदर्शनमा नेपालद्वारा नेदरल्याण्ड पराजित Letzcricket – Serving Nepali Cricket नेपाली क्रिकेटमा समयानुकूल र व्यावहारिक छनौट प्रक्रियाको खाँचो Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top