poezd-fun.com
  • Home
  • Sport

एकेडेमी क्रिकेट लिग मा आयोजक नेक्सस र ग्रेटर हिमालय बिजयी Letzcricket – Serving Nepali Cricket

संबिधान दिबसको अबसरमा राष्ट्रिय खेलकुद परिषदको प्रर्बधन एबं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सनिबार बाट देशभरका निजी क्षेत्रबाट संचालित १६ एकेडेमीहरुको सहभागितामा अन्डर नाईन्टिन टि ट्वाइन्टी एकेडेमी क्रिकेट लिग शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक नेक्सस ले हिमालय क्रिकेट एकेडेमी लाई १० रन र ग्रेटर हिमालयन क्रिकेट एकेडेमीले काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर लाई ५ रन ले हराउदै बियज सुरुवात गरेका छन ।

आयोजक नेक्सस क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बीच भएको खेलमा हिमालयले टस जितेर फिल्डिङ रोज्दै नेकसस लाई ब्याटिङ निम्तो दिएको थियो । निर्धारित १५ ओभरमा नेक्ससले ५ बिकेट गुमाउदै १४५ रन बनाएको थियो । नेक्ससका लोकेश बलमे ३६ बल खेल्दै ४ छक्का र ६ चौका को मद्दतले ६७ रन बनाएका थिए भने कप्तान हिमान्शु शाहीले २० बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४६ रन र दिपक तितुङले २ छक्काको मद्दतले ७ बलमा १५ रन बनाउन सफल भएका थिए ।

बलिङ तर्फ हिमालयनका सन्दिप खड्काले ३ ओभरमा १५ रन खर्चिदै ३ बिकेट लिएका थिए भने खडक बोहोराले २ र गजेन्द्र बोहोराले १ बिकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको हिमालयन ले ६ बिकेट गुमाउदै १३५ रन बनाउदा १० रनले खेल गुमाएको थियो । हिमालयका ब्याट्स म्यान दिपक बोहोराले २२ बलमा ७ छक्का प्रहार गर्दै ५४ रनको बिष्पोटक पारी खोल्दा अर्का ब्याट्स म्यान दिपेन्द्र बोहोराले ४० बलमा ४ छक्का २ चौका प्रहार गर्दै ५२ बनाए पनि अन्य ब्याट्स म्यान हरुले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङ तर्फ नेक्ससका आकास चन्दले ३ ओभरमा २२ रन दिदै २ बीकेट लिएका थिए भने क्रिस कार्की र सुबास बि क ले समान १÷१ वीकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच नेक्ससका आकास चन्द भएका थिए । उनलाई ओसिस क्रिकेट एकेडेमीका डाईरेक्टर बालकृष्ण शर्माले नगद रु १ हजार तथा ट्रफी प्रदान गर्नु भएको थियो ।

दोस्रो खेल ग्रटर हिमालय बिजयी

शनिबारै सम्पन्न काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर र ग्रटर हिमालयन क्रिकेट एकेडेमी बीच को दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको ग्रेटर हिमालयनले १९.५ ओभर खेल्दै सम्पुर्ण बिकेट गुमाएर १०५ रन बनाएको थियो । ग्रेटर हिमालयनका ब्याट्सम्यान प्रबेश खड्काले ३२रन, बिबेक यादबले २५ रन र बिशाल खत्रीले १७ रन बनाएका थिए ।

बलिङ तर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर का हेमन्त धामी, सुर्या तामाङ र तिलक भण्डारीले समान २÷२ बिकेट लिए भने अर्जुन गिरी र बिपीन आचार्यले समान १÷१ वीकेट लिएका थिए ।

१०६ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर का अर्जुन गिरीले २९ रन, र बिपीन आचार्यले १९ रन बनाएका थिए ।

म्यान अफ दि म्याच घोषित ग्रेटर हिमालयन का बिबेक यादवले ४ ओभरमा २२ रन खर्चिदै ३ बिकेट लिएका थिए । बिज्ञान राज गौतमले ३, सोनु देबकोटा २, र अभिषेक बस्नेतले १ बिकेट लिएका थिए । म्यान अफ द म्याच लाई काठमाण्डौ किङस ११ का म्यानेजर बिजय धितालले नगद रु १ हजार तथा ट्रफी प्रदान गर्नु भएको थियो ।

वर्षाका कारण एकेडेमी क्रीकेट लिग २ दिन पछाडि सर्ने (नयाँ तालिका सहित) Letzcricket – Serving Nepali Cricket टि २० विश्वकप छनौट : कतारसँग नेपाल पराजित Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top