poezd-fun.com
  • Home
  • Sport

एसिएल यु१९ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पुरा Letzcricket – Serving Nepali Cricket

संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषदको प्रर्वधनका लागि नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मिति २०७५ साल असोज २ गते देखी १५ गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुने एकेडेमी क्रिकेट लिग (एसिएल) अन्डर नाइनटिन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी आयोजकले गराएको छ ।

आयोजकले जारी गरेको प्रेस विज्ञप्ति

निजी लगानीबाट संचालित देशभरका क्रिकेट एकेडेमी मध्ये १६ वटा टिम सहभागी गराइ एक राष्ट्रिय उत्सवका रुपमा प्रतियोगिता लाई स्थापित गराउने उद्वेश्य का साथ अभियानको शुभारम्भ गर्ने प्रयास गरेका छौ । एजुकेशन टेलिभिजन ले प्रतियोगिताको सम्र्पुण खेल प्रत्येक्ष प्रशारण गर्नेछ भने नेक्सस क्रिकेट एकेडेमीको फेसबुक एबं युटुब च्यानल एनसिए नेपालबाट पनि प्रत्येक्ष प्रशारण हुने छ । प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडी तथा अफिसियल हरुको रु ५,००,००० को दुर्घटना बिमा गरिनेछ ।

उक्त प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ, बिराटनगर क्रिकेट एकेडेमी मोरङ, स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज पर्सा, जय क्रिकेट एकेडेमी महेन्द्रनगर कन्चनपुर, ग्रटर हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ,नेक्सस क्रिकेट एकेडेमी ए र बी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल, ज्ञनज्योती क्रिकेट एकेडेमी दाङ, पोखरा क्रिकेट एकेडेमी पोखरा, राईजिङ पोखरा क्रिकेट एकेडेमी कास्की, हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ, रामारोशन क्रिकेट एकेडेमी काठमाण्डौ, नेपाल स्पोर्टस म्यानेजमेन्ट काठमाण्डौ, एन्जल स्पोर्टस एकेडेमी काठमाण्डौ, र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर सहभागी हुने छन ।

प्रतियोगितामा बिजेता लाई १,५०,००० र उपबिजेतालाई १,००,००० नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ । प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच लाई रु १,००० नगद एबं ट्रफी, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरीज र ईमर्जीङ ल्पेयर को अवाड समेत प्रदान गरिनेछ । प्रथम पुरुष्कार राशी अजोड ईन्सुरेनस लिमिटेड ले प्रयोजन गरेको छ भने म्यान अफ द म्याचको लागि नगद फाउन्डेशन अफ डेब्लोमेन्ट म्यानेजमेन्ट ले प्रदान गरेको छ ।

म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटम्यान, गरि प्रतियोगिताका उत्कृष्ट ३ खेलाडी ले ई पी एल टिम काठमाण्डौ किङस ११ को ट्यालेन्ट हन्टमा डाइरेक्ट अन्ति छनौट चरणमा प्रबेश पाउने छन ।

टि ट्वाइन्टी फरम्याटमा लिग कम नकआउट का आधारमा संचालन हुने उक्त प्रतियोगिता मा दिनमा २ खेल खेलाइनेछ । सहभागि टिम हरुलाइ ४ पोलमा बिभाजन गरि खेलतालिका तय गरिएको छ । असोज २ गते बिहान ८ बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवाल ज्युले प्रतियोगिताको उद्घाटन गर्नु हुनेछ । ४ उत्कृट खेलाडी लाई नेक्सस क्रिकेट एकेडेमीले दिल्ली मा ६ महिना निशुल्क प्रशिक्षणको ब्यबस्था मिलाएकोछ भने अन्य ५ खेलाडी लाई नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौमा १ बर्षको निशुल्क प्रशिक्षण को ब्यबस्था गरिएकोछ ।

अन्डर नाईनटिन उमेर समुहको प्रतियोगिता भएकाले प्रतियोगितामा २०५७/०६/०१ गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने नागरिकता वा जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इ को प्रमाणपत्र लगाएत सरकारी कागजपत्र लाई आधार मानिने जानकारी गराउदछौ । आइ सि सि ले निर्धारण गरेको खेल नियम अनुसार खेलहरु खेलाइने छ ।

प्रतियोगितामा एभरेष्ट हस्पीटल मेडिकल पाटनरका रुपमा सहभागि भएकोछ । खेल अबधिभर फिजियो सहितका स्वास्थ्यकर्मी हरुको एक टोली खेलमैदानमा रहने समेत जानकारी गराउदछौ ।

वुमन्स च्याम्पियन्स लिगको मिति सार्वजनिक Letzcricket – Serving Nepali Cricket युएई विरुद्ध नेपाललाई सान्त्वना जित Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top