poezd-fun.com
  • Home
  • Sport

करणको शानदार अलराउण्ड प्रदर्शनमा नेपालद्वारा नेदरल्याण्ड पराजित Letzcricket – Serving Nepali Cricket

निकै नै रोमाञ्चक नेपालले खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । ओमानमा जारी ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डले दिएको १३४ रनको लक्ष्य १९.५ ओभरमा पूरा गर्दै जित हासिल गरेको हो ।

अन्तिम ओभरमा जितका लागि १७ रनको आवश्यकता रहेको अवस्थामा करण केसीले २ छक्का तथा १ चौका प्रहार गर्दै नेपाललाई जित दिलाए । १४ बलको सामना गरेका करण ३ छक्का तथा १ चौकाको मद्दतमा ३१ रनमा अविजित रहे । नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा ३३ रन बनाए भने विनोद भण्डारीले २२ बलमा २६ रनको योगदान दिए । अन्य ब्याट्म्यानले दोहोरो अंक छुन नसक्दा नेपाली पारी संकटमा परेको समयमा करणको ब्याट चलेको हो ।

यसअघि पहिलो ब्याटिगं गरेको नेदरल्याण्ड १९.३ ओभरमा १३३ रनमा अलआउट भएको थियो । नेपालको तर्फबाट सन्दीप लामिछाने तथा करण केसीले ४/४ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए ।

कप्तान पारसको अर्धशतकमा मलेसिया ७ विकेटले पराजित Letzcricket – Serving Nepali Cricket एकेडेमी क्रिकेट लिग : ओससि र पोखरा क्रिकेट एकेडेमी बिजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top