स्कोरकार्ड हेर्नुहोस्
एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई प्रतिस्पर्धात्मक खेलमा ३ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १०५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले अन्तिम ओभरमा ७ विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको थियो ।
टस जितेर ब्याटिङ रोजेको ललितपुरले कप्तान ज्ञानेन्द्र मल्लको ४९ रनको सहयोगमा १०४ रनको योगफल तयार गरेको थियो । ज्ञानेन्द्रका अलावा सन्नी पटेलले २० रनको योगदान दिएका थिए । विराटनगरको तर्फबाट करण केसी र भान् डेर मेर्बीले समान २/२ विकेट लिन सफल भएका थिए ।
जवाफी ब्याटिङमा आएको विराटनगरले नियमित अन्तरालमा विकेट गुमाउँदै गए तापनि अन्तिम समयमा करण केसीको आक्रामक ब्याटिङको मद्दतमा विराटनगरले जित हासिल गरेको हो । १९ बलको सामना गरेका करणले ३ छक्का र १ चौकाको मद्दतमा ३६ रन बनाएका थिए । आसिफ सेखले १९ रनको पारी खेल्दा अनिल कुमार शाहले ११ रन बनाएका थिए । गौरव तोमारले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिन १२ रन खर्चेका थिए जसमा एक मेडन ओभर पनि रहेको थियो ।
