नेक्सस क्रिकेट एकेडेमी (एन सि ए ) काे अायाेजनामा कार्तिक २९ गते देखी मुलपानी क्रिकेट मैदानमा नेशनल क्रिकेट क्लव लखनउ भारत र नेक्सस क्रिकेट एकेडेमी काठमाडौं नेपाल बीच ३ दिने सिरिज शुरू हुने भएकाे छ । लखनउकाे उक्त क्लव रन्जी ट्रफी खेलिरहेका चर्चित खेलाडी सन्नी दुवा र उपेन्द्र दत्ता ले संचालन गरिरहेका छन ।
ईन्डाे नेपाल बाईलेटरल सिरिज नामक प्रतियोगितामा मा भाग लिन एन सि सि का २३ खेलाडी तथा ४ जना अफिसियल हरूकाे टिम अाज कार्तिक २८ गते काठमाडौं पुगिसकेको जानकारी दिदै नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गाैतमले अन्डर सिक्सटिन र अन्डर नाईनटिन का २ भारतीय र २ नेपाली टिम बीच सिरिज हुने बताउनु भयाे ।
टि ट्वान्टी फरम्याटमा उक्त सिरिज संचालन हुनेछ । खेलाडीलाई म्यान अफ द म्याच, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान , म्यान अफ द सिरिज, र बिजेता उपबिजेता ट्रफि सर्टिफिकेट समेत रहेकाे छ ।
नेक्सस क्रिकेट एकेडेमी मा प्रशिक्षण लिईरहेका खेलाडी हरूलाई म्याच एक्सपाेजर दिदै उनिहरूकाे खेल क्षमतामा निखार ल्याउने उद्देश्यले नेक्सस ले जारी राखेकाे बार्षिक कार्यक्रम अन्तरगत काे एक सिरिज भएकाे बताउदै गाैतमले बिभिन्न देशका खेलाडी हरू संग उनिहरूकै देश गएर तथा नेपाल निमन्त्रणा गरेर दर्जनाै सिरिज खेलाउने बार्षिक याेजना रहेकाे जानकारी गराउनु भयाे ।
याे बर्ष मात्र नेक्सस क्रिकेट एकेडेमी ले श्रीलंका मा ७ दिने सिरिज, भारतकाे देहेरादुन मा ५ दिने टुर्नामेन्ट, भारतकै साेनिपथ हरियाणामा १५ दिने हाई प्रफरमेन्स क्याप एबं नेपाल भित्र थुप्रै सिरिज हरू गरिसकेकाे छ । भने यहि मंसिर १९ गते नेक्सस क्रिकेट एकेडेमीका २ टिम कन्या मा सम्पन्न हुने सिम्वा प्रिमियर लिगमा सहभागी हुदै छन ।
सिरिज अन्तरगतका खेल हरू भाेलि कार्तिक २९ गते बिहान ९ बजे बाट संचालन हुने छन ।
