poezd-fun.com
  • Home
  • Sport

कोहलीलाई सचिन सँग दाज्नु गलत – सहवाग Letzcricket – Cricket News Articles From Around the Globe

विराट कोहली अक्सर सचिन तेन्दुलकरसंग रन बनाउने भोकको लागि दांजिने गर्छन्। जुन गतिमा विराटले, टेस्ट र वान डेमा सेन्चुरी बनाईरहेका छन्, उक्त गतिमा खेल्दै गए सचिनका सेन्चुरीको रेकर्डहरु ब्रेक हुने आंकलन पनि गरिएको छ। तर भारतीय पुर्व ओपनर ब्याट्सम्यान विरेन्द्र सहवागले भने विराट र सचिन दांज्न बन्द गरिदिन आग्रह गरेका छन्। “मलाई लाग्दैन विराट कोहलीलाई सचिन तेन्दुलकरसंग दांज्नु उचित हो, २४ वर्षे खेल जीवन सकेपछि कुरो अर्कै रहला”, सहवाग भन्छन्। यदी विगतको फर्मजस्तै विराटको करियर अगाडी बढ्ने हो भने क्रिकेटका भगवानको रेकर्ड भने त्यति टाढा देखिंदैन। हालसम्मका ६९ टेस्टमा विराटले २३ शतक, ५४.४९ को एभरेजका साथ ५९९४ रन बनाएका छन्। त्यस्तै वान डेमा भने, उनले ३५ शतक, ४८ अर्धशतकसंगै ५८.२०को एभरेजमा ९७७९ बनाएका छन्। २०१२ मा सन्यास लिएका तेन्दुलकरले दुवै फर्म्याट गरी ३४३५७ रन संगै, १०० शतक, १६४ अर्धशतक बनाएका छन्। 

मुल्तानका सुल्तान उपनामले परिचित सहवाग, टेस्ट क्रिकेटमा चल्दै आएको ब्याटिङको लय परिवर्तन गर्ने क्रिकेटर मानिन्छन्। उनलाई लाग्छ, विराटमा त्यो खुवी छ जसले उनलाई महान ब्याट्सम्यान बनाउन सक्छ, त्यसैले हाल क्रिकेटको तीनै फर्म्याटमा अब्बल दर्जाका ब्याटसम्यानका रुपमा देखेका छन्। तर अहिल्यै सचिन तेन्दुलकरसंग दांज्न भने नमिल्ने बताउंछन्। 

Kolkata vs Chennai : Fantasy Tips, Probable XI, Match Prediction Letzcricket – Cricket News Articles From Around the Globe RR vs MI Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top