poezd-fun.com
  • Home
  • Sport

क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा सन्दिपसँगै ४ नेपाली खेलाडी Letzcricket – Serving Nepali Cricket

२०१९ मा सञ्चालन हुने क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा ४ नेपाली खेलाडीको नाम दर्ता भएको छ । विश्वभरिबाट ५३६ खेलाडीको नाम दर्ता भएको उक्त ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने, रोहित कुमार पौडेल, सोमपाल कामी तथा दीपेन्द्र सिंह ऐरी समावेश छन् ।

यसअघिको सिजनमा सन्दीप लामिछानेले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सबाट खेल्दै क्यारेबियन प्रिमियर लिगमा सहभागी हुने पहिलो नेपाली क्रिकेटर बनेका थिए । सन्दीपले सो प्रतियोगितामा ५ खेलबाट ७ विकेट हात पारेका थिए ।

क्यारेबियन प्रिमियर लिगको यस संस्करण आगामी अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म सञ्चालन हुनेछ । क्यारेबियन प्रिमियर लिगको यस संस्करण आगामी सेप्टेम्बर ४ देखि वेस्ट इन्डिजमा सञ्चालन हुनेछ । पहिले २१ अगस्ट देखि शुरु हुने भनिए तापनि भारतको वेस्ट इन्डिज टुरसँग जुध्ने भएकोले पैैतियोगिता सारिएको हो ।

वेष्ट इन्डिजका आन्द्रे रसेल, सुनिल नारिन, सिमरन हेटमायर सहित राशिद खान, इरफान पठान, शकिब अल हसन, तमिम इकबाल, जोफ्रा आर्चर, एलेक्स हेल्स, कोरे एन्डरसन, मार्टीन गप्टिल, कोलिन मुनरो तथा जेपी डुमिनी लगायतका विश्व प्रतिद्ध खेलाडीहरुको नाम ड्राफ्टमा सामेल छ ।

Watson guide Chennai to a 6 wicket victory over Hyderabad Letzcricket – Serving Nepali Cricket Dream of Every Nepali Cricket Fan Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top