#sandeep #sandeep lamichhane #global t20 #
क्यानडामा जारी ग्लोबल T20 प्रिमीयर लिगमा सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै आफ्नो टीमलाई प्रतियोगिताको पहिलो जित दिलाएका छन् ।यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको मोन्ट्रेलका लागि सन्दीपले गए रातिको खेलमा ४ ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिए ।सन्दीपले रोयल्स विरुद्धको खेलमा वेष्ट इण्डिजका आन्द्रे फ्लेटचरलाई ९ रनमा आउट गर्दा उनको टीम मोन्टरियल टाइगर्सले १५ रनले जित दर्ता गराएको हो । लासिथ मालिंगाको कप्तानीमा रहेको मोन्टरियल टाइगर्समा सुनील नारिन, पिटर सिडल जस्ता खेलाडिहरु रहेका छन् ।
यसअघिको भ्यानकुभर नाइट्स विरुद्धको खेलमा सन्दिपले चार ओभरमा १९ रन खर्चिदै एक ओभर मेडेनसहित एक विकेट लिएका थिए । जारी प्रतियोगितामा नै सन्दीपले आन्द्रे रसेललाई एउटा छक्का पनि प्रहार गरेका थिए ।
