फोटो: आइसीसी
विश्वकप क्वालिफायरमा नेपालले आफ्नो पहिलो खेल भोलि जिम्बाब्वेसंग बुलावेवोमा खेल्दैछ | क्रिकेट दुनियाँलाई आश्चर्यजनक नतिजा पस्केर नेपाललाई क्वालिफायरसम्म पुर्याउनुमा नेपालका कप्तान सफल रहे | खेल अगाडी उनी भन्छन, “ हामीले सर्वप्रथम सुपर सिक्सेसको लक्ष्य लिएर अघि बढ्दै छौं | अन्तिम केहि खेल निकै प्रतिष्पर्धात्मक रहेको अवस्थामा पनि अप्रत्याशित नतिजा निकालेर हामी यहाँ आएका छौं |” जिम्बाब्वे उच्च स्तरको टिम हो, खेल्ने शैली संगै प्राविधिक रुपमा पनि जिम्बाब्वे नेपाल भन्दा अघिल्लो स्तरको टिम मानिदै आएको छ| पारस भन्छन “पछिल्ला केहि खेलका तथ्यांक हेर्ने हो भने, जिम्बाब्वे स्पिन बलसंग संघर्ष गर्दै आएको देख्न सकिन्छ| सायद हामीलाई यो फाइदाजनक सुराक हुन सक्छ |” जिम्बाब्वे कठिन प्रतिद्वन्दी भएतापनि नेपालका केहि पछिल्ला खेल हेर्ने हो भने, नेपालको ब्याटिंगले साथ दिन सके, केहि अप्रत्याशित नतिजा अवस्य निकाल्न सक्ने आश गर्न सकिन्छ !
सम्बन्धित:
तथ्यांक अनुसार नेपालले भोलि जिम्बाब्वे विरुद्ध अप्रत्याषित नतिजा निकाल्न सक्छ (हेर्नुहोस तथ्यांक)
