poezd-fun.com
  • Home
  • Sport

डीपीएललाई आईसीसीको मान्यता Letzcricket – Serving Nepali Cricket

आगामी माघ २६ गतेदेखि सञ्चालन हुन ग्इरहेको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) लाई आइसीसीले मान्यता दिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो संस्करणको प्रतियोगितालाई आईसीसीले मान्यता दिएको उल्लेख गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुन गइरहेको यस प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । आईसीसीको मान्यता पाएसँगै सम्पूर्ण सदस्य राष्ट्रका खेलाडीले डीपीएलमा खेल्न पाउने भएका छन् ।

६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन् । डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५–१५ खेलाडी आबद्ध गर्नुपर्नेछ ।

डीपीएलका ६ टोली

धनगढी स्टार्समहेन्द्रनगर युनाइटेडसीवाईसी अत्तरियाविराटनगर किंग्सरुपेन्देही च्यालेन्जर्स

काठमाडौं गोल्डेन्स

Nepali team announced for T20 World Cup Qualifier Asia Letzcricket – Serving Nepali Cricket India continue to dominate Srilanka as they take 4-0 lead Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top