नेपालले विश्वकप छनौट अन्तर्गत भोलि आफ्नो पहिलो खेल जिम्बाब्वे संग खेल्ने छ| क्रिकेटको दुनियाँमा आश्चर्यचकित नतिजा निकालेर विश्वकप छनौट खेल्न पुगेको नेपाल, आफ्नो पहिलो वार्म अप खेलमा युएईलाइ पराजित गरेको थियो भने, हंगकंग विरुद्धको दोश्रो वार्म अप खेल बर्षाका कारण अबरुद्ध हुन पुगेको थियो | जिम्बाब्वे, निसन्देह नेपाल भन्दा माथिको टिम हो, संगसंगै आफ्नै बुलावेओमा खेल्न पाउनुले पनि जिम्बाब्वेको खेललाई थप मद्दत पुर्याउनेछ | यस्तोमा, नेपालले पहिलो पटक आइसीसीको फुल मेम्बर टिम संग ५० ओभरको खेल खेल्दै छ भने नेपालको लागि जिम्बाब्वेको पिच पनि पहिलो पटक नै हुनेछ|
जिम्बाब्वेका सबल पक्ष:
- सन् १९९२ देखि टेस्ट रास्ट्र
- ५०० वटा ODI खेलको अनुभव जसमा १३१ ODI जित
- १०५ टेस्ट को अनुभव
- Brendan Taylor जिम्बाब्वेको निकै ठुलो नाम
- Sikandar Raza र Hamilton Masakadza को ब्याटिंग फर्म
- Greame Cremer को लेग ब्रेक गूगली र Chatara को मिडियम पेस
जिम्बाब्वेका कम्जोर पक्ष:
- २०१८ मा धेरै हारसंग गुज्रिरहेको जिम्बाब्वे, ९ ODI मा केवल २ जित
- जिम्बाब्वेका पछिल्ला १० खेलमा, उसका ६०% विकेटहरु स्पिनरले झार्न सफल भएका छन् विशेष गरि घरमा ७०% विकेट स्पिनरले लिन सफल भएका छन् |
नेपालका सबल पक्ष:
- कम समयमा राम्रो नतिजा निकाल्न सफल
- जुनसुकै क्षणमा अप्रत्याशित नतिजा निकाल्नमा अब्बल
- पारस खड्का, एसोसिएट राष्ट्रहरुमा निकै ठुलो नाम
- सन्दीप लामिछानेको बलिंग
- बलिंग विशेष गरि नेपाल को स्पिन अट्याक
नेपालका कम्जोर पक्ष:
- फितलो ओपनिंग
- पावरप्लेको राम्रो सदुपयोग गर्न असक्षम
यस्तो अवस्थामा नेपालको ब्याटिंग सोचे अनुरुप चल्न सके, बलिंगले जुनसुकै समय उलटफेर ल्याउन सक्षम देखिन्छ| जिम्बाब्वेका तथ्यांक नियाल्दा विशेष गरि सन्दीप लामिछाने सहित नेपालका स्पिनर जिम्बाब्वेका बिरुद्ध घातक हुन सक्ने अनुमान लाउन सकिन्छ |
यो पनि पढ्नुहोस्:
“जिम्बाब्वे बिरुद्ध केहि सुराक अवस्य पाएका छौं” – पारस खड्का
आइसीसी विश्वकप क्वालिफायर बारे तपाईका हरेक प्रश्नका उत्तर
“हाम्रो ब्याटिंग अर्डर परिवर्तन गर्न जरुरी छ”, क्रिकेट एक्स्पर्ट
