poezd-fun.com
  • Home
  • Sport

तनहुं क्रिकेट संघमा विवाद चुलियो Letzcricket – Serving Nepali Cricket

नेपाली क्रिकेटको अभिभावक संस्था क्यान प्रतिवन्धित भएको धेरै समय बितिसकेको छ। यस अन्तरालमा, नेपाली क्रिकेटमा हुनुपर्ने घरेलु क्रिकेट थला परे भने, अन्तरराष्ट्रीय क्रिकेट प्रतियोगिता वापत् पाउने सेवा सुविधा पाउनबाट पनि नेपाली राष्ट्रिय खेलाडी वञ्चित भए। नेपाली क्रिकेटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट मान्यता पाईसकेको यस अवस्थामा, सम्पुर्ण क्रिकेट खेलप्रेमी, सरोकारवालाले एकपटक सोचेर, सही कदम उठाउनुपर्ने बेलामा, तनहुं क्रिकेट भने झनै विवादको तर्फ धकेलिएको छ।

पछिल्लो समय पनि मापदण्ड पुरा नगरेको भन्दै सदस्यता खारेज भएको तनहुं क्रिकेट संघले, यसपटक पुन: सदस्यता वितरण गरी निर्वाचन गर्नुपर्नेछ ।

तनहुंका क्रिकेट खेलाडी तथा खेलप्रेमीहरुले, तनहुं क्रिकेट संघका पुर्व अध्यक्ष तथा जिल्ला खेलकुद संघका कार्यकारीको मिलेमतोमा, जिल्ला खेलकुद संघमा, पुरानो मिति राखेर किर्ते गर्दै नयां क्लबहरु दर्ता भएको भन्ने जानकारी आएको छ। यस्ता कदमले तनहुं क्रिकेट झनै विवाद तर्फ धकेलिएको छ।

विगतमा पनि क्रिकेट संघका पुर्व अध्यक्ष विवादमा नमुछिएका भने होईनन्। हालको अवस्थामा, तनहुं जिल्लालाई प्रतिनिधित्व गरेर रास्ट्रिय प्रतियोगिता खेल्नेमा चन्द्रकान्त पौडेल मात्र छन्, उनी हालै प्रधानमन्त्री कपमा गण्डकी प्रदेश टिमका टिम मेम्बर पनि हुन्। भोलिको दिनमा तनहुंका खेलाडीहरु माथिल्लो स्तरमा पुग्नका लागि, तनहुं क्रिकेट संघ विवाद रहित रुपमा अघि बढ्नुको विकल्प छैन। 

युएई सिरिजको लागि १६ सदस्सीय टोलीको घोषणा Letzcricket – Serving Nepali Cricket ब्रह्मास्मी एसईई कप एक दिवसीय क्रिकेट प्रतियोगिता हुने Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top