poezd-fun.com
  • Home
  • Sport

तृतराज दास: नेपाली क्रिकेटको यु-१६ टिमबाट यु- १९ सम्मको यात्रा Letzcricket – Serving Nepali Cricket

तृत राज दास, यो नाम नेपाली क्रिकेट प्रेमीहरुका लागि कुनै नौलो नाम रहेन। बारा जिल्लाको कलैया क्रिकेट क्लब जहांबाट क्रिकेट ईतिहासमा थुप्रै चम्किला नक्षत्र उदाए, तृतराज सोही क्लबबाट उदाउंदै गरेका अर्का चम्किला तारा हुन्। सानै उमेरदेखि राम्रो ब्याटिङको कला देखाउंदै उनी आज नेपालको यु१९ टिमलाई प्रतिनिधित्व गर्ने खेलाडी बनिसकेका छन्।

कलैयाको एक शालिन पारिवारीक पृष्ठभुमिबाट आएका तृतराज दासको नाम, २०१७ को एशिशि ईस्टर्न रिजन टुर्नामेन्टबाट चुलिन पुग्यो। थाईल्यान्डमा भएको उक्त प्रतियोगितामा, १६२ रन सहित प्रतियोगिताकै उत्कृष्ठ व्याटसम्यान भएर नाम कमाउन सफल भएपछि सायदै यो नाम कुनै नेपाली क्रिकेट पारखीले विर्सेका होलान्।

उनको खेल जीवनको सुरुवात घरबाटै हुन गयो। बाबा क्रिकेट भनेपछि हुरुक्कै हुने भएपछि, सबैको चाहना हुन्छ आफ्नो सपना छोराले पुरा गरोस। कक्षा ७ मा अन्तर विद्यालय, त्यसपछि संसारा कप, उनको लागि सम्झनलायक प्रतियोगिता हुन्। तृतराजले कलैया क्रिकेट क्लबको सिनियर टिमबाट पवन सर्राफ, राष्ट्रिय क्रिकेटर अनिल शाहबाट सिक्दै आफ्नो क्षमता थप गर्ने प्रेरणा लिए।

भारतीय क्रिकेट बोर्डको आयोजनामा भएको यु१९ क्वाड्रांगुलर सिरिजमा भने उनले चार ईनिंगमा ५६ रन मात्र बनाउन सफल रहे। ईन्डिया ए संगको म्याचमा भने उनले सन्दिप जोरा संग गरेको ६९ रनको पार्टनरसीप सम्झनलायक थियो। ८.१ ओवरमा २३-३ को अवस्थामा रहेको नेपालले उन्तिसौं ओवरको पहिलो बलमा तृतराजलाई ९२-४ को अवस्थामा गुमाउन पुगेको थियो। उनले भलै आफ्नो व्यक्तिगत अर्धसतक प्रहार गर्न चुके पनि सन्दिप जोरासंग सुझबुझका साथ राम्रो पार्टनरसीप गरेका थिए।

हालै एसीसी यु१९ एशियाकपका लागि बंग्लादेश प्रस्थान गरेका तृतराज दाससंग अपेक्षा पनि धेरै नै रहेको छ। उनी भन्छन्, “एशियाकपमा राम्रो प्रदर्शन गरी देशको नाम उच्च राख्न प्रयास गर्नेछु।”

यो पनि पढ्नुहोस: Journey to the squad: An inspiring tale of Rohit Kumar Poudel

Kevin O'Brien joins Kathmandu Kings for EPL Letzcricket – Serving Nepali Cricket India vs South Africa : 3rd T20 Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top