पुर्व पाकिस्तानी कप्तान साहिद अफ्रिदी, आगामी विश्वकपका लागि महेन्द्र सिंह धोनीको समर्थनमा आएका छन्। हालै टाईम्स नाउसंगको एक अन्तर्क्रियाको क्रममा साहिद अफ्रिदीले धोनीको साथ दिएका हुन्।
“धोनीले भारत र भारतीय क्रिकेटको लागि जे गरेका छन् सायद त्यो अरु कसैले गर्न सक्छ। त्यसैले धोनीलाई अब रिटायर हुनुपर्छ भन्ने अधिकार कसैलाई छैन। २०१९ को विश्वकपको सम्भावनाका लागि धोनी विश्वकप टिममा हुनु जरुरी छ”, पाकिस्तानी लेजेन्डले टाईम्स नाउको अन्तर्क्रियामा भने।
पछिल्ला केही घटनाक्रमले धोनी मिडियाका हेडलाईन्समा छन्। विशेषगरी बीसीसीआईले वेस्ट ईन्डिज र अस्ट्रेलिया विरुद्धको टि२० अन्तर्राष्ट्रिय सिरिजमा धोनीलाई ड्रप गरेपछि उनी झनै मिडियामा छाईरहेका छन्। यस्तोमा प्रसंशक देखि मिडिया, क्रिकेट पण्डित, स्टारहरु सबैले धोनीको साथ दिईरहेका छन्। सचिन तेन्दुलकर, सुनिल गावस्कर हुंदै पछिल्लो क्रममा शाहिद आफ्रिदीले समेत धोनीको साथ दिएका छन्।
