poezd-fun.com
  • Home
  • Sport

नेक्सस कपको तयारी पुरा, १२ टोलीबीच प्रतिस्पर्धा हुँदै Letzcricket – Serving Nepali Cricket

नेपाल भर नियमित प्रशिक्षण गरिरहेका अन्डर सिक्सटीन उमेर समुहका खेलाडी हरुलाई लक्षित गरि शुरु गरिएको नेक्सस कप इन्टर एकेडेमी टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यहि मिति २०७५ साल मंसिर ७ गते देखी १४ गते सम्म सम्पन्न हुने र प्रतियोगिता संचालनका लागि सम्पुर्ण तयारी पुरा भइसकेको जानकरी आयोजकले गराएको छ ।

यस संस्करण लाई प्रसिद्ध एक्सन पोलिमर प्राइबेट लिमिटेडको उत्पादन मिलानो ले मुख्य प्रायोजन गरेको छ । मिलानो नेक्सस कप २०७५ मा ११ एकेडेमी र १ क्लब गरि जम्मा १२ टिम को सहभागिता रहनेछ । प्रथम संस्करणको उपबिजेता भएका कारण मध्यपश्चि क्रिकेट क्लब कोहलपुर सहभागि गराइएको हो ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुने उक्त प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ, यूनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड झापा, युनाइटेड क्रिकेट एकेडेमी बिरगंज पर्सा, सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर कन्चनपुर,ग्रटर हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ,नेक्सस क्रिकेट एकेडेमी ए र बी काठमाण्डौ,वेष्टर्न क्रिकेट एकेडेमी बुटवल,चितवन क्रिकेट एकेडेमी चितवन, लालिगुरांस क्रिकेट एकेडेमी दुदे झापा, स्याङजा क्रिकेट एकेडेमी स्याङजा र मध्यपश्चिम त्रिकेट क्लब कोहलपुर बांके सहभागी हुने भएका छन ।

टि ट्वाइन्टी फरम्याटमा संचालन हुने उक्त प्रतियोगिता मा दिनमा २ खेल खेलाइनेछ । सहभागि टिम हरुलाइ ४ पोलमा बिभाजन गरि खेलतालिका तय गरिएको छ । मंसिर १४ गते सम्म संचालन हुने उक्त प्रतियोगिताको उद्द्दाटन खेल ७ गते बिहान आयोजक नेक्सस र स्याङजा बीच हुने छ । ४ उत्कृट खेलाडी लाई नेक्सस क्रिकेट एकेडेमीले दिल्ली मा १ बर्ष निशुल्क प्रशिक्षणको ब्यबस्था मिलाएकोछ भने अन्य ५ खेलाडी लाई नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौमा १ बर्षको निशुल्क प्रशिक्षण को ब्यबस्था गरिएकोछ । 

प्रतियोगिताका बिजेता टमिका खेलाडी हरुले १,११,१११÷  र उपबिजेताले ६१,१११÷ को खेल सामाग्री तथा ट्रफी,मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ ।प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच,बेयट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरीज र ईमर्जीङ ल्पेयर को अवाड समेत प्रदान गरिनेछ ।

प्रतियोगिता लाइ ब्यबस्थीत बनाउन तपसिल बमोजिमको प्रतियोगिता संचालन समिति बनाइएको छ ।१. प्रबल गौतम टुर्नामेन्ट डाईरेक्टर२. रबिन्द्र गुप्ता टेक्निकल डाईरेक्टर

३. दिनेश आग्री सदस्य

मिलानो नेक्सस कप मा आयोजक नेक्सस र ग्रेटर हिमालय बिजयी Letzcricket – Serving Nepali Cricket आयोजक नेक्सस क्रिकेट एकेडेमी र सनराइज महेन्द्रनगर सेमीफइनल प्रबेश Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top