नेक्सस क्रिकेट एकेडेमी द्धारा आयोजित नेक्सस कप को तेस्रो सस्करण को आईतबार सम्पन्न भएको पहिलो खेल केसी टिसी ले ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ लाई ७ बिकेटले पराजित गर्यो भने सोहि दिन सम्पन्न दास्रो खेल बिरेन्द्र सैनिक स्कुल लाई ९ बिकेटले हराउदै एन सिए नेपाल ले बिजयी यात्रा शुरुवात गरेको छ ।
आज सम्पन्न पहिलो खेलमा टस जितेर ब्यटिङ रोजेको ओसिस क्रिकेट एकेडेमी ले निर्धारित २० ओभर खेल्दै १० बिकेटको क्षेतीमा ६३ रन बनाएको थियो । ओसिस का ब्याट्सम्यान स्वरुप श्रेष्ठ ले १८ रन र राज कुमार श्रेष्ठ ले ११ रन बनाएका थिए ।
बलिङ तर्फ केसी टिसीका बिबेक दराई र मनोज यादबले समान २/२ बिकेट लिएका थिए ।
६४ रनको झिनो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रेको केसी टिसीले १०.१ ओभरमा ३ बिकेट गुमाउदै लक्ष्य पुरा गर्दा ७ बिकेटले बिजयी भएको थियो । केसी टिसीका ब्याट्सम्यान हेम यादबले ३६ रन बनाए भने दिपक डुमे्रले २४ रन बनाएका थिए ।
बलिङ तर्फ ओसिसका भार्गब खनालले २ बिकेट लिए भने स्वरुप श्रेष्ठले समान १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच केसीटिसी का बिबेक दराई घोषित भएका थिए ।
आजै सम्पन्न दोस्रो खेलमा टस जितेर ब्यटिङ रोजेको सैनिक स्कुलले निर्धारित २० ओभर खेल्दै ७ बिकेटको क्षेतीमा ७८ रन बनाएको थियो । सैनिकका ब्याट्सम्यान आशिस कुवरले १८ रन र कृष्ण गुप्ताले ११ रन बनाएका थिए ।
बलिङ तर्फ एनसिए को बिजय बुढा मगरले ३ बिकेट र निर्मल पुन मगर र सम्भब श्रेष्ठले समान १/१ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको एनसिए नेपालले ९.४ ओभर खेल्दै १ बिकेट गुमाएर ७९ रन बनाएको थियो । एनसिएका ब्याट्सम्यान नरेन भट्टले ३७ रन र उत्तम थापा ले २१ रन बनाएका थिए ।
बलिङ तर्फ सैनिक का प्रशान्त भट्टराईले १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच एनसिएका बिजय बुढा मगर घोषित भएका थिए ।
