poezd-fun.com
  • Home
  • Sport

नेक्सस कप : चितवन क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमी बिरगंज बिजयी Letzcricket – Serving Nepali Cricket

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको चौथो दिन सम्पन्न खेलहरुमा चितवन क्रिकेट एकेडेमी चितवन र युनाइटेड क्रिकेट एकेडेमी बिरगंज ले बिजयी शुरुवात गरेका छन ।

मुलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलो खोलमा टस जितेर ब्याटिङ रोजेको चितवन क्रिकेट एकेडेमीका प्रशान्त महत ले ५५ बलमा ५ छक्का १३ चौका प्रहार गरी १०२ रनको बिष्पोटक पारी खेले पछि वेष्टर्न क्रिकेट एकेडेमी बुटवल लाई ८९ रनले पराजित गरेको थियो । नेक्सस कपको यो पहिलो सतक हो । चितवनकै अर्का ब्याट्स म्यान उत्सब श्रेष्ठ ले १ छक्का, ७ चौका प्रहार गर्दै ५० रन बनाउदा चितवनले निर्धारित २० ओभरमा ४ वीकेट गुमाउदै १७५ रन बनाएको थियो । यो प्रतियोताकै उच्च स्कोर हो ।

बलिङ तर्फ बुटवलका सन्देश थापाले ३ बिकेट लिएका थिए ।

१ सय ७६ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको बुटवल २० ओभरखेल्दै ९ वीकेटको क्षेती ब्यहोदा ८६ रनमै समेटिएको थियो । बेष्टर्नका बिजय बस्नेतले २६, सिमान्त शाहीले २० र प्रकाश गिरीले १५ रनको योगदा गरेका थिए ।

बलिङ तर्फ चितवनका साजन गुरुङले ३, सोप्नील अधिकारीले २ विकेट लिएका थिए । म्यान अफ दि म्याच घोषित प्रशान्त महत लाई नेक्सस क्रिकेट एकेडेमीकी प्रबन्धक सरस्वती शाहीले ट्रफी प्रदान गर्नु भएको थियो ।

दोस्रो खेल बिरगंज १० वीकेटले बिजयी

सोमबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको ओसिस क्रिकेट एकेडेमी काठमाण्डौले निधारित २० ओभरमा ८ वीकेट गुमाउदै ८९ रन बनाएको थियो । ओसिसका सम्राट भुषालले ५२ बल खेल्दै ३ चौकाको सहयोगमा ३९ रन बनाएका थिए भने बिशाल लिम्बु २३ रन र दिपेश कडेलले १४ रन बनाउदा अन्य ब्याट्स म्यान हरुले दोहोरो अंक बनाउन नसक्दा टिम न्युन अंकमै समेटिएको थियो । बिरगंजका साहजाद मन्सुर र सम्साद मन्सुरले समान २÷२ वीकेट र निखिल सिङघले १ वीकेट लिएका थिए भने आसिसका ३ ब्याट्स म्यान रन आउट भएका थिए ।

जवाफी ब्याटिङमा बिरगंजका म्यान अफ दि म्याच घोषित मोहमद समिर ले ३० बलमा ५ चौका २ छक्का प्रहार गर्दै ४७ को पारी खेलेका थिए । अर्का ब्याट्सम्यान सर्फराज मन्सुरले ३४ रन बनाउदा १४.१ ओभरमै लक्ष्य भेट्टाएको थियो । युवा ब्यबसायी कमल भुषाले ले मो.समिर लाइ म्यान अफ दि म्याच को ट्रफी प्रदान गर्नु भएको थियो ।

चितवन क्रिकेट एकेडेमी र युनाईटेड क्रिकेट एकेडेमी सेमीफाइनलमा Letzcricket – Serving Nepali Cricket कार्तिक २९ बाट काठमाडौं मा ३ दिने ईन्डाे नेपाल क्रिकेट सिरीज शुरू Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top