poezd-fun.com
  • Home
  • Sport

नेक्सस कप : तेस्रो संस्करणको उपाधी नेक्सस क्रिकेट एकेडेमी लाई Letzcricket – Serving Nepali Cricket

काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करणको फाईनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (के सी टि सी) लाई ६४ रनले पराजित गर्दै नेक्सस क्रिकेट एकेडेमी ले नेक्सस कपको उपाधी जितेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेक्सस क्रिकेट एकेडेमीले निर्धारीत २० ओभर खेल्दै ४ बिकेटको क्षेतीमा १५६ रन बनाएको थियो । नेक्ससका लागी म्यान अफ द म्याच घोषित सुबास ऐरले ४५ बलमा २ छक्का ११ चौका प्रहार गर्दै ७९ बनाएका थिए भने बिपीन शाहीले ५ चौका प्रहार गर्दै ५० बलमा ५० रन बनाएका थिए । 

बलिङ तर्फ के सी टि सी का बिस्व कार्की र अथर्ब पौडेलले समान १/१ बिकेट लिएका थिए ।

१५७ रन को लक्ष्य पछ्याउदै जवाफी ब्यटिङ मा उत्रेको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर (के सी टि सी) ले २० ओभरमा ८ बिकेट गुमाउदै ९२ रन मात्रको योगफल बनाउन सफल भएको थियो । के सी टि सी का गोपाल जि सी ले १५ रन बनाउदा दिपक डुम्रे र हेमु यादबले समान १४/१४ रनको योगदान गरेका थिए ।  

बलिङ तर्फ नेक्सस का क्रिस कार्की ले ४ ओभरमा १३ रन खर्चिदै ३ बिकेट लिए भने बिशाल केसीले ४ ओभरमा १२ रन दिदै २ बिकेट लिएका थिए ।

प्रतियोतामा म्यान अफ द सिरजि नेक्ससका बिशाल केसी घोषित भए भने बेष्ट बलर जिएच सीएका बिशाल पटेल र बेष्ट ब्याट्सम्यान जिएच सीएकै दिपक बोहोरा घोषित भएका थिए । उदयमान खेलाडीको उपाधी देउखुरी क्रिकेट एकेडेमीका ११ बर्षीय जिबन खनालले जितेका छन ।

कागेश्वरी मनोहराका मेयर कृष्णहरी थापाले एक समारोहका बिच बिजेता टिमलाई नगद रु १,११,०००, ट्रफी,मेडल र प्रमाण पत्र र उप बिजेता लाई नगद रु ७५,०००,ट्रफी,मेडल र प्रमाण पत्र बितरण गर्नु भयो ।

Cricket Committee recommends prohibition of saliva to shine the ball Letzcricket – Serving Nepali Cricket नेक्सस कप : के सी टि सी र एन सिए नेपाल बिजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top