मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिताको पाचौ दिन सम्पन्न खेलहरुमा बेष्टर्न क्रिकेट एकेडेमी बुटवल ले मध्यपश्चिम क्रिकेट क्लब लाइ ६८ रन र ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ ले युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड लाई २ विकेटले पराजित गरेका छन ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो खोलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेष्टर्न क्रिकेट एकेडेमीले २० ओभरमा ३ विकेको क्षेती ब्यहोर्दै १३८ रन बनाएको थियो । बेष्टर्नका सुबास बि क ले ३४ बलमा ८ चौका प्रहार गरी ४७ रन, सिमान्त शाहीले ३५ रन र बिष्णु पाण्डेले ३० रन बनाएका थिए ।
बलिङ तर्फ मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरका सौगात रानाभाट, धन ब.थापा र अनुराग वलीले समान १÷१ बिकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको कोहलपुरले २० ओभरखेल्दै १० वीकेटको क्षेती ब्यहोदा ७० रनमै समेटिएको थियो ।
बलिङ तर्फ बेष्टर्नका अबिशेक गौतमले ४ ओभर बलिङ गर्दै २ मेडन ओभर ९ रन दिएर ५ विकेट लिएका थिए । शुभम अर्यालले ३ वीकेट लिएका थिए । म्यान अफ दि म्याच घोषित अबिशेक गौतम लाई नेक्सस क्रिकेट एकेडेमीकी प्रबन्धक निर्देशक बिजय शर्माले ट्रफी प्रदान गर्नु भएको थियो ।
दोस्रो खेल ओसिस २ वीकेटले बिजयी
मंगलबारको दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोडले निधारित २० ओभरमा ९ वीकेट गुमाउदै ९५ रन बनाएको थियो । बिर्तामोडका सम्भव श्रेष्ठले ४४ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ४४ रन बनाएका थिए भने रुपक बरालले २० रन र समिरकार्कीले १८ रन बनाएका थिए ।
ओसिसका म्यान अफ दि म्याच घोषित आरम्भ तिमिल्सीनाले ३ विकेट, दिपेश कडेल र आषिश भट्टराईले समान २÷२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको ओसिसका राजन मगर ३९ रन बनाउदा १९ ओभरमा लक्ष्य भेट्टाएको थियो । नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाही ले म्यान अफ दि म्याच को ट्रफी प्रदान गर्नु भएको थियो ।
