poezd-fun.com
  • Home
  • Sport

नेक्सस कप पौष २६ गते देखि शुरु हुने Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमीले हरेक बर्ष संचालन गर्दै आएको अन्डर सिक्सटिन उमेर समुह को प्रतियोगिता लाई निरन्तरता दिदै मिति २०७६ साल पौष २६ गते देखी माघ १० गते सम्म काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा नेक्सस कप सिजन ३ टि ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न गर्न सम्पुर्ण तयारी पुरा भएको छ ।

देशभरका क्रिकेट एकेडेमी,क्लब तथा स्कुल मध्येबाट १६ वटा टिम सहभागी हुने प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ, बुटवल युथ स्पोटर्स क्लब बुटवल, तिलोत्तमा क्रिकेट क्लब बुटवल, सनराइज क्रिकेट क्लब महेन्द्रनगर कन्चनपुर, ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ,नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल, देउखुरी क्रिकेट एकेडेमी दाङ, कोहलपुर क्रिकेट एकेडेमी बाके, एन सि ए नेपाल काठमाण्डौ, हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ, बालुवाटार क्रिकेट क्लब काठमाण्डौ, स्याङजा क्रिकेट क्लब स्याङजा, चितवन क्रिकेट क्लब चितवन, र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर सहभागी हुने छन ।

प्रतियोगितामा बिजेता लाई १,११,००० र उपबिजेतालाई ७५,००० नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ । प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरीज र ईमर्जीङ ल्पेयर को अवाड समेत प्रदान गरिनेछ । टि ट्वाइन्टी फरम्याटमा लिग कम नकआउट का आधारमा संचालन हुने उक्त प्रतियोगिता मा दिनमा २ खेल खेलाइनेछ ।

सहभागि टिम हरुलाइ ४ पोलमा बिभाजन गरि खेलतालिका तय गरिएको छ । अन्डर सिक्सटिन उमेर समुहको प्रतियोगिता भएकाले प्रतियोगितामा २०६०/०८/०१ गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने नागरिकता वा जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इ को प्रमाणपत्र लगाएत सरकारी कागजपत्र लाई आधार मानिने जानकारी गराउदछौ । आइ सि सि ले निर्धारण गरेको खेल नियम अनुसार खेलहरु खेलाइने छ ।

प्रतियोगिता संचालन गर्न राष्ट्रिय खेलकुद परिषदले मुलपानी स्थीत खेलमैदान निशुल्क उपलब्ध गराएको छ ।

एकेडेमी क्रिकेट लिग : रामारोशन र स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज बिजयी Letzcricket – Serving Nepali Cricket Next Post

Flashscore
banner
banner
Back to top