poezd-fun.com
  • Home
  • Sport

नेक्सस क्रिकेट एकेडमी श्रीलंकामा जारि बाइल्यटरल सिरिजको बिजेता बन्दै घर फर्क्यो Letzcricket – Serving Nepali Cricket

श्रीलंकाको बासुलिका क्रिकेट एकेडमीले गत २० जुलाईबाट आयोजना गरेको बाइल्यटरल सेरिज क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडमी ले आफ्नो उत्क्रिस्ठ खेल प्रदर्शन गर्दै २-१ ले सेरिज आफ्नो कब्जामा परेको छ | आफ्नो अन्तिम खेल मा नेक्सस क्रिकेट एकेडमी ले बसुलिका क्रिकेट एकेडमी श्रीलंकालाइ हराउदै सो सेरिज कब्जा गरेको हो |

प्रतियोगितामा नेक्सस क्रिकेट एकेडमी ले म्यान अफ द सेरिज, बेस्ट ब्याट्सम्यान , बेस्ट बलर, उदयमान क्रिकेटर लगायतका  उपाधिहरु समेत काट परेको छ | सेरिज का म्यान अफ द सेरिज अबिसेक कुँवर भए जसले ६ विकेट तथा  ३१५ रङ लिएका थिए | उत्तम थापाले बेस्ट ब्याट्सम्यान को उपाधि प्राप्त गरे जसले सेरिज मा ३०३ रन लिएका थिए | बेस्ट बलर को उपाधि  सार्थक नेउपानेले प्राप्त गरेका छन् जसले १७ विकेट लिएका थिए  भने उदयमान क्रिकेटर को उपाधि सुमित बुढाथोकीले प्राप्त गरेका थिए जसले प्रतियोगितामा २०६ रन तथा १० विकेट लिएका थिए |

नेक्सस ले उक्त प्रतियोगिताको ट्राइ सेरिज समेत आफ्नो पोल्टामा परेको छ जसमा स्टार क्रिकेट एकेडमी श्रीलंका, बसुलिका क्रिकेट एकेडमी श्रीलंका तथा नेक्सस क्रिकेट एकेडमी नेपाल सहभागी रहेका थिए |

स्वदेश फर्केपछि खेलाडी हरु लाइ स्वागत तथा सम्मान गर्दै नेक्सस क्रिकेट एकेडमी का सम्रक्ष्यक आर वी कटवाल ले यो बिजयले एकेडमी को काध मा थप जिम्मेवारी आएको भन्दै अब आउने प्रतियोगिताहरुमा पनि यस्तै उत्क्रिस्ठ नतिजा हासिल गर्न अभिप्रेरित गर्नुभयो |

उक्त स्वागत कार्यक्रममा बोल्दै एकेडमी प्रमुख भरत शाहीले यो बिजय ले एकेडमी लाइ अरु प्रतियोगितामा अझ अब्बल भएर प्रस्तुत हुन हौशला प्रदान गरेको र जिम्मेवार खेलाडीको रुप मा प्रस्तुत हुने जिम्मेवारी आफ्नो काध मा आएको तथ्य समेत औल्याउनुभयो |

नेपाल सिंगापुरसँग पराजित, २०२० विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुन असफल Letzcricket – Serving Nepali Cricket इपिएल प्रत्यक्ष प्रशारण डी-स्पोर्ट्सले गर्ने Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top