poezd-fun.com
  • Home
  • Sport

नेक्सस क्रिकेट एकेडेमीको टिम भारत प्रस्थान Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमी पेप्सीकाेला काठमाडौ काे एक टिम बिशेष क्रिकेट प्रशिक्षण तथा बिभिन्न एकेडेमी हरू संग हुने सिरिजमा सहभागी हुन आज भारत प्रस्थान गरेकाे छ ।

यहि कार्तिक २५ गते देखी शुरू हुने प्रशिक्षण एबं सिरिज हरूमा सहभागी हुन राज बम काे कप्तानीमा बिपिन बिक्रम शाही, अमृत थापा, समिर बिष्ट, अनुराग सिंह, राेबिन क्षेत्री, रमेश बुढा, शिबराज जाेशी, सन्देश पाण्डे, प्रमाेद पाैडेल भारत काे नाेएडा प्रस्थान गरेका छन । उत्तम थापा मगर भने अर्घाखाँची प्रिमियर लिग खेलिरहेका कारण २६ गते नाेएडा जाने नेक्सस क्रिकेट एकेडेमी की म्यानेजर सरस्वती शाहीले जानकारी गराउनु भयाे ।

३४ दिन सम्म भारत मा रहने टिम नेक्ससले कार्तिक २६,२७,२८,२९ र मंसिर २ गते आसिष नेहरा क्रिकेट एकेडेमी दिल्ली संग वान डे सिरिज खेल्ने छ भने मंसिर ११ र १२ गते भारत भ्रमणमा रहेकाे साउथ अफ्रिकी टिम संग वान डे सिरिज खेल्ने छ । त्यसै गरि ३ दिन अर्को एक स्थानीय एकेडेमी संग वान डे सिरिज खेले पछि मंसिर २२,२३, र २४ गते गुरू नानक क्रिकेट एकेडेमी संग फतेहबाद हरियाणा मा सम्पन्न हुने डाेमिनेन्ट कप मा सहभागी भएर २७ मंसिरमा टिम नेक्सस काठमाडौं पुग्ने तालिका रहेकाे जानकारी गराईएकाे छ ।

टिम भारत रहदा ७ दिन खेलाडी हरू लाई बिशेश ट्रेनिङ मा सहभागी हुने छन भने नेक्सस क्रिकेट एकेडेमीको काे शाखा ब्याट्रिक क्रिकेट एकेडेमी नाेएडा काे खेलमैदान मा १० वटा ओपन नेट सेसन हुनेछ । उक्त कार्यक्रम काे संयाेजन ब्याट्रिक क्रिकेट एकेडेमी ले गरेकाे छ ।

दुई देशिय एकेडेमी स्तरीय यु १९ क्रिकेट सिरिज: नेक्सस काे बिजयी शुरूवात Letzcricket – Serving Nepali Cricket अनुराग सिंहको विस्फोटक शतकमा नेक्सस १७१ रन ले बिजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top