poezd-fun.com
  • Home
  • Sport

नेक्सस क्रिकेट एकेडेमी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर फाइनल प्रबेश Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमी को आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा संचालन भैरहेको नेक्सस कप तेस्रो संस्करण अन्तरगत आज सम्पन्न सेमिफाईनल खेलहरुमा नेक्सस क्रिकेट एकेडेमी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी हुदै फाइनल प्रबेश गरेका छन । 

पहिलो खेल वाई वाई जीएच सीए लाई  नेक्सस क्रिकेट एकेडेमी ले २ बिकेटले पराजित गर्यो भने दोस्रो खेल चितवन क्रिकेट क्लब लाई  काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर ले ८ बिकेटले पराजित गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ को निम्तो पाएको वाई वाई जीएच सीए ले निर्धारित २० ओभरमा ७ बिकेट गुमाउदै ८१ रन बनाउन सफल भएको थियो । वाई वाई जीएच सीएका लागि बिशाल पटेल ले १८ रन र अमित खड्काले १५ रन बनाएका थिए ।

बलिङ तर्फ नेक्सस क्रिकेट एकेडेमीका अनुराग सिंहले २ बिकेट लिए भने क्रिस कार्की र सन्देश पाण्डेले समान १÷१ बिकेट लिएका थिए ।

८२ रन को लक्ष्य पछ्याउदै जवाफी ब्यटिङ मा उत्रेको नेक्सस क्रिकेट एकेडेमी ले १६.५ ओभरमा ८ बिकेट गुमाउदै ८२ रन बनउदा लक्ष्य पुरा गरेको थियो । नेक्सस क्रिकेट एकेडेमी का लागि सुबास ऐरले २० रन, आदित्य सुबेदीले १७ र क्रिस कार्कीले १६ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ वाई वाई जीएच सीए का बिशाल पटेलले ३ बिकेट लिएका थिए । त्यस्तै आरियो पौडेलले २ बिकेट र दिपक बोहोराले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच नेक्ससका क्रिस कार्की घोषित भएका थिए ।

दोस्रो खेलमा टस जितेर  ब्यटिङ रोजेको चितवन क्रिकेट क्लब १४.३ ओभर खैल्दै सम्पुर्ण बिकेट गुमाएर ३९ रनमा समेटिएको थियो चितवनका लागि प्रशान्त महतले ११ रन बनाउदा अन्य ब्याट्स म्यान हरुले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङ तर्पm काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका गोपाल जि सीले ४ बिकेट लिदा अथर्ब पौडेल र बिबेक दराईले समान २/२ बिकेट लिए ।

झिनो लक्ष्य पछ्याउदै  ब्यटिङ  उत्रेको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले ९.२ ओभरमै २ बिकेट गुमााउदै ४२ रन बनाएर लक्ष्य भेट्टाएको थियो । बलिङ तर्फ चितवन काकिर्जन गुरुङ ले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच केसिटिसीका गोपाल जिसी घोषित भएका थिए ।

England struggling as West Indies take lead in first innings Letzcricket – Serving Nepali Cricket England vs West Indies, ICC Cricket World Cup Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top