साग ईन्डिया काे सम्वनय तथा बासिलिका क्रिकेट एकेडेमी काे अायाेजनामा श्रीलंका काे काेलाेम्बाे मा सम्पन्न हुने सिरिजकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी नेक्सस क्रिकेट एकेडेमीले गराएको छ ।
उक्त सिरिजमा सहभागी हुन नेक्सस क्रिकेट एकेडेमीका अन्डर नाईनटिन का ११ जना काे टिम र अन्डर सिक्सटिन का ११ जना गरि २२ जना खेलाडी एबं नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गाैतम काे नेतृत्व मा डा.अाल्या शर्मा सहित २४ जनाकाे टिम जेठ १२ गते श्रीलंका प्रस्थान गर्ने छ ।
जेठ १४,१५,१७,१८,१९,२० र २१ गते श्रीलंकन अयर फाेर्स काे खेलमैदान नेगाेम्बाे, हाेराना खेलमैदान, श्रीलंकन अार्मी काे खेलमैदान र बेल्सी खेलमैदान गरि ४ वटा ग्राउन्ड मा खेल हरू हुने छन । दुबै टिमले ७/७ म्याचकाे सिरिज खेल्ने छन भने हरेक खेल ३०/३० अाेभरका हुने छन् ।
जेठ ११ गते नेक्सस क्रिकेट एकेडेमी मा खेलाडीहरूकाे बिदाई कार्यक्रम रहेकाे जानकरी गराउँदै नेक्सस क्रिकेट एकेडेमीले उक्त बिदाई कार्यक्रममा सबैलाई निमन्त्रणा गरेको छ ।
