poezd-fun.com
  • Home
  • Sport

नेपालद्वारा कुवेत पराजित, सिंगापुर विरुद्ध जित निकाले नेपाल क्वालिफाइ हुने Letzcricket – Serving Nepali Cricket

सिंगापुरमा जारी विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गर्दै ग्लोबल छनोटमा पुग्ने आशा कायमै राखेको छ । आइतबार नेपालले सिंगापुरको सामना गर्नेछ जुन खेलको विजेताले ग्लोबल छनोटमा आफ्नो स्थान बनाउनेछ ।

नेपालले टस जितेर कुवेतलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित २० ओभरमा कुवेतले १४१ रनको योगफल तयार पारेको थियो । कुवेतका लागि कप्तान मोहम्मद कासिफले अविजित ४९ रन बनाए । यसैगरी एडनान इद्रिजले २५ रन बनाउँदा अस्लामले २३ रनको पारी खेले । नेपालका लागि वसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिँदा करण केसीले २ तथा अविनाश बोहोराले १ विकेट लिए ।

नेपालका कप्तान पारस खड्काले ४२ बलमा ६८ रनको उत्कृष्ट पारी खेलेपछि नेपालले सजिलै विजयी लक्ष्य हासिल गर्यो । अर्का ओपनर त्रानेन्द्र मल्ले १९ रन बनाए भने शरद भेषवाकर ३८ रनमा अविजित रहे ।

अब आइतबार हुने नेपाल र सिंगापुर बीचको खेलमा विजयी हुने टोलीले ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

Nathan Llyon stars as Australia win first test by 251 runs Letzcricket – Serving Nepali Cricket Delhi Capitals vs Sunrisers Hyderabad, Eliminator Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top