poezd-fun.com
  • Home
  • Sport

नेपालद्वारा युएई सामू २८६ रनको लक्ष्य प्रस्तुत Letzcricket – Serving Nepali Cricket

Photo : Raman Shiwakoti

Nepal U19 vs UAE U19 – Full Scorecard

श्रीलंकामा जारी यु १९ एसिया कप अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले अहिले युइर्एको सामना गर्दैछ । पहिलो इनिगंको समाप्तिमा नेपालले २८५/९ को स्कोर खडा गरेको छ ।

युएईले जितको लागि २८६ रन बनाउनु पर्नेछ र केही बेरमै युएईले आफ्नो ब्याटिगं शुरु गर्नेछ ।

युएईले टस जितेर नेपाललाई ब्याटिगंको निम्तो दिएको थियो । दुवै ओपनर रित गौतम तथा पवन शर्राफ शुन्य रनमा पवेलियन फर्केका थिए । आशिफ शेखले कप्तान रोहित कुमार पौडेलसँग मिलेर नेपाली पारी सम्हाले । आशिफले ५३ बलमा ४५ रन बनाए भने रोहितले ८४ बलको सामना गर्दै ६७ रनको योगदान दिए ।

सन्दीप जोराले ५३ बलमा ४८ रन बनाए जसमा ६ चौका सामेल थियो । राशिद खानले ४४ रन बनाए भने कमल सिंह ऐरीले २६ बलमा ४१ रनको तुफानी पारी खेल्दै नेपाली पारीलाई ठूलो योगफल तिर डोर्याए ।

यो पनि पढ्नुहोस्  : यु-१९ एसिया कप : नेपाल बंगलादेशसंग पराजित, समुह चरणबाट बाहिरियो

सन्दीप प्लेयर अफ द म्याच बन्दा बार्बाडोसको पहिलो जित Letzcricket – Serving Nepali Cricket श्रीलंकामा पहिलाे मैत्रीपूर्ण खेल नेक्सस ५६ रन ले पराजित Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top