poezd-fun.com
  • Home
  • Sport

नेपालले आज आफ्नो तेश्रो अभ्यास खेल खेल्दै Letzcricket – Serving Nepali Cricket

फोटो: रमन शिवाकोटी

नेपाली क्रिकेट हाल एशिया कप छनौट खेलका लागि श्रीलंकामा अभ्यासरत छ। श्रीलंका भ्रमण अन्तर्गत, नेपालले बुधबार आफ्नो पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट क्लबलाई ६७ रनले हराउंदा, शुक्रवार आफ्नो दोश्रो अभ्यास खेलमा भने ब्लुमफिल्ड क्रिकेट टोलिलाई डक् वर्थ लुईसका आधारमा १७६ रनको फराकिलो अन्तरले पराजित गर्यो।तीन अभ्यास खेल रहेको तालिकामा, नेपालले आज आफ्नो तेश्रो तथा अन्तिम खेल कोल्ट्स क्रिकेट क्लबसंग खेल्दैछ। खेल नेपालको करिब सवा दश बजेदेखि सुरु हुनेछ। नेपालको अग्रपंक्तिले उत्कृष्ठ शुरुवात दिन नसकेपनि मध्यपंक्ति सम्हालिएर खेलीरहेको छ। ब्याटिङ लाईनअपमा धरासायी नबने नेपाललाई एशिया कपमा भारत पाकिस्तानको ग्रुपमा नाम दर्ता गर्न गाह्रो नपर्ला। 

उता क्यारेबियन प्रिमियर लिगमा भने सन्दिप लामिछानेले आफ्नो प्रदर्शन कायम राख्न नसक्दा, उनको अन्तिम तथा आजको खेलमा महंगा सावित भएका छन्। सन्दिप २८ तारिख मलेसिया पुगी नेपालको साथ दिनेछन्। 

The heart winning gesture from Gautam Gambhir Letzcricket – Serving Nepali Cricket पारस र सोमपाल अफगानिस्तान प्रिमीयर लिगको ड्राफ्टमा Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top