poezd-fun.com
  • Home
  • Sport

नेपालसहित १६ देश बाट २००० खेलाडीसम्मिलित सिम्वा प्रिमियर लिग केन्यामा हुँदै Letzcricket – Serving Nepali Cricket

कुनै बेला क्रिकेट काे वल्डकप काे सेमिफाइनल खेलिसकेकाे केन्या अहिले डिभिजन ३ मा छ । पछिल्लो समय केन्या सरकार क्रिकेट बिकास मा प्राथमिकता का साथ लागेकाे छ । बढी भन्दा बढी क्रिकेट प्रतियोगिता गर्न र गराउन सक्रिय छ ।

केन्यामा क्रिकेट ट्रेनिङ सेन्टर हरू खाेल्न क्रिकेटर र क्रिकेट प्रेमि लाइ बिशेष याेजना नै ल्याएकाे छ । निशुल्क सरकारी जग्गा उपलब्ध गराउदै ट्रेनिङ सेन्टर खाेल्न लाग्ने लागत र संचालन गर्न लाग्ने लागतमा सरकारी अनुदान काे ब्यबस्था गरिरहेकाे छ ।

सरकारकाे पहलमा हाैसिएका केन्याली हरू अहाेरात्र क्रिकेट बिकासमा हाेमिएका छन ।

उदाहरणका लागि कुनै जमानामा केन्याली सचिन भनेर चिनिने ५ पटक वल्डकप खेलिसकेका चर्चित खेलाडी तथा केन्या अन्डर नाईनटिनका प्रमुख प्रशिक्षक थाेमश अाेडयाे,केन्या राष्ट्रिय टिमका पुर्ब क्याप्टेन ४ वटा वल्ड खेलिसकेका जीम्मी कमाण्डे, अन्डर नाईनटिनकाे वल्डकप खेलिसकेका मनाेज पटेल सहित अन्य क्रिकेटर हरू ले संचालन गरेकाे सिम्वा क्रिकेट एकेडेमी ले डिसेम्बरमा १६ वटा देश बाट झण्डै २००० खेलाडी तथा अफिसियल हरू सहभागी गराउने अठाेटका साथ डिसेम्बरमा सिम्वा प्रिमियर लिग अायाेजना गर्दै छन ।

उक्त लिग लाई सफल बनाउन थाेमस,जीम्मी र मनाेज ५ सेप्टेम्बर देखी १० दिने ईन्डिया भ्रमणमा छन, इन्डिया का बिभिन्न शहरमा रहेका क्रिकेट एकेडेमी मा पुगेर लिगकाे प्रमाेशन गरिरहेका छन । उक्त टिममा नेक्सस क्रिकेट एकेडेमीका टेक्निकल डाईरेक्टर तथा icc level 2 coach सत्यपाल यादब समेत सम्मिलित छन ।

एक साथ U-13, U-15, U-19 open club level A र Club level B काे लिग हरू संचालन गर्दैछन् । हरेक उमेर समुहका प्रतियोगिता बाट ४/४ जना उत्कृष्ट खेलाडी छनाैट गरि ६ महिना का लागि केन्याका बिभसन्न क्लब हरूसंग अनुबन्धीत गराउनेछन् । यसरी छनाैट भएका खेलाडी हरू लाई ६ महिना काे प्रशिक्षण , खान बस्न अाते जाते टिकट र केहि क्लब लेवल म्याच हरूकाे म्याच फि समेत काे ब्यबस्था गरिएकाे सिम्वा क्रिकेट एकेडेमीका अध्यक्ष मनाेज पटेल ले बताउनु भएकाे छ ।

उक्त लिग लाई महत्सवका रूपमा संचालन गर्न लागिएको बताउदै पटेल ले भारत,बङगलादेश,पाकिस्तान, श्रीलंका,अफगानिस्तान, युएई नेपाल लगायतका देशका खेलाडी हरूकाे सहभागीता रहने जानकारी गराउनु भएकाे छ । नेपाल काे जिम्मा नेक्सस क्रिकेट एकेडेमी (एन सि ए ) लाई दिईएकाे छ । नेपाल बाट ४ बटा टिम सहभागी गराउने लक्ष्य रहेकाे छ ।

खेल पर्यटन का माध्यम बाट देश लाई याेगदान दिने उद्देश्यले अायाेजना गर्न लागिएको उक्त लिग डिसेम्बर ८ देखि १६ सम्म केन्या काे माैसाम्वा सिम्वा मा हुनेछ ।

NRR को हो? यसले किन राम्रा टिम बाहिरिन्छन? Letzcricket – Serving Nepali Cricket हाई प्रफर्मेन्स क्याम्प का लागि टिम नेक्सस ईन्डिया प्रस्थान Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top