नेपाल ले दोश्रो अभ्यास टि20 खेल मा १९ रनले पराजित बेहोर्नु परे पनि आफ्नो कुशल ब्याटिङ को प्रदर्शन गर्दै 39 बलमा अर्धसतक प्रहार गरेका अनिल साह लाई बधाई र तेस्रो खेलमा पुर्ण जिम्मेवारी लिएर बिस्फोटक ब्याटिङ गर्दै सतक प्रहार गरेका युवा खेलाडी अनिल साह लाई सबै क्रीकेट समर्थक र सबै शुभेच्छुकहरु बाट बधाई तथा शुभकामना ।
Anil Kumar Sah” />
नेपालमा ब्याट्सम्यानहरुको खडेरी छ यस्तो अवस्था मा अनिल जस्ता सम्भावना बोकेका ब्याट्सम्यानहरु को आगमन ले टिम को ब्याटिङ लाइन अप अझै बलियो हुने बिस्वास छ।तर दुख को कुरा यो छ कि ब्याक टु ब्याक फ्ल्प प्रदर्शन गरिरहेका र खराब फर्म बाट गुज्रिरहेका खेलाडहरु लाई पुराना खेलाडी र अनुभव को नाम मा सधैं टिम मा राखिन्छ तर अनिल जस्ता खेलाडि हरु बेन्च मा सिमित हुन्छ्न ।पुराना र अहिले सम्म नेपाली क्रीकेट लाई यहाँ सम्म पुर्याउन योगदान दिएको नाममा खेलाडी को ठाँउ सुरक्षीत हुने हो भने बिश्व कीर्तिमान मेहबुब आलम लाई पनि राखे भै हाल्यो , यस्तै सोच ले अगाडी बढ्ने हो भने क्षमता भएका नयाँले कहिले मौका पाउने? सन्दिप को नाम पनि अन्तर्राष्ट्रिय स्तर मा यति छिटै नपुगेको भए अरु स्पिनर नै खेलिरहेका हुन्थे सन्दिप पनि अर्को सुनिल धमला भइसकेका हुन्थे । यसपाली बैकल्पिक मा पर्न सफल र केही बैकल्पिक मा पर्न असफल खेलाडी हरु जस्तै प्रदिप ,सुनिल आदिको डोमेस्टिक प्रदर्शन सम्झन लायक छ तर पुराना ,टेक्निकल अनि अनुभबी को ट्याग लागेका ज्ञानेन्द्र , शरदहरु को प्रदर्शन बिर्सन लायक छ ।उता शक्ति द स्पिनर जस्को टिमम अहिलेको अवस्थामा आवस्यकता एकदमै कम देखिन्छ किनभने हिजो शक्ति प्रमुख स्पिनर भएर स्पिन कमान्ड सम्हाल्दा जति स्पिनर थिय अहिले बढी छ्न र हिजो का स्पिन कमान्डर प्रदर्शन खस्किदो अवस्थामा छ। यति लामो क्रीकेट इतिहास बोकेका शक्ति बेन्च मा बस्नु पर्दा यत्रो लमो क्रीकेट करियर बोकेको त्यो ज्यान ले हल्का असहज महसुस गर्नु पर्ने तर उनी आफै भन्छ्न यति सम्म खेले ODI खेल्ने सपना छ त्यसैले नेपाल मा ODI नखेलुन्जेल टिम मा बस्छु अनि छोड्छु ,अरे बाबा अहिले नखेलेर आफ्नो ठाँउ मा बैकल्पिक मा भएका एक ब्याट्सम्यान लाई जान दिएर आफू जुन दिन नेपाल मा ODI हुन्छ त्यही दिन खेलेर सन्यास घोषणा गरे हुँदैन ??? किन आफ्नो क्लिन एन्ड क्लिएर करियर मा हल्का दाग लगाउदै छौ ।भेट्रान स्पिनर ढिलै भए पनि सन्यास लिने घोसणा सराहनीय छ ।अनि सेलेक्टर महोदय प्रदिप ,संजम ,बिनोद सागर हरु को पनि त इक्षा थियो होला पहिलो ऐतिहासिक ODI खेल्ने राख्नु पर्थ्यो टिम मा अनिल ,रोहित आरिफ को ठाउँ मा किनभने यिनिहरुको अझै उमेर छ पछि खेल्न पाई हाल्छ्न नि !! यसरि हरेक कुरा हरु कोट्याउदै जादा अरु कति भेटिन्छ्न र टिम कप्तान पारस खड्का जो अहिले सेलेक्टर को रुपमा पनि छ्न उनी माथी पनि शंका पैदा नहोला भन्न सकिदैन ।हामी कहिँ कतै छ्नौट विधीमा धेरै नै चुकिरहेका त छैनौं , यो ज्स्तो सन्तुलित टिम कहिल्यै पनि बनेन भनेर होइन कि अब आउदा के यी बार बार फल्प भइरहेका खेलाडी टिममा पार्दा र क्षमता भएका जुझारु युवा हरु लाइ नजरअन्दाज गर्दा, भोलि को दिनमा नया र युवा खेलाडी हरु को खडेरी हुने त हैन भन्ने आम म जस्ता हामी नेपाली कृकेट फ्यान सुभ चिन्तकलाई सताई रहन्छ ।म , पुराना र अनुभवी को ट्याग भिरेका लाई अधिक भन्दा ज्यादा मौका दिदै जाने अनि अरु नया युवालाई पर्खाई को पीडा झोलीमा राखेर बसिराख्ने यो पद्धतीको घोर निन्दा गर्दछु र समयानुकुल छनौट प्रकृया विधि अझ शशक्त र ब्यभारिक बनोस म जस्तै हर एक सुभ चिन्तक् को कामना तथा युवा खेलाडीलाई अवसर र मौका दिइयोस् भनी हार्दिक सुभकमाना ।।
एक दुई गेम हेरेर खेलाडी को भबिस्यबाणी गर्न सकिँदैन तर खुबी छैन भन्न पनि सकिँदैन र धेरै गेम खेलिसकेका पुराना खेलाडीहरुको खेल खस्केको चाहिँ एक दुई गेम बाटै प्रस्ट हुन्छ । माथि उल्लेखित कुरा हरु कसैलाइ ठेस पुर्याउन लाई लेखिएको होइन कसैलाइ ठेस लाग्न गएमा खुच्चिङ ।
