नेपाली क्रिकेट हाल एशिया कप छनौट खेलका लागि श्रीलंकामा अभ्यासरत छ। श्रीलंका भ्रमण अन्तर्गत, नेपालले बुधबार आफ्नो पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट क्लबलाई ६७ रनले हराउंदा, शुक्रवार आफ्नो दोश्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्रिकेट टोलिलाई डक् वर्थ लुईसका आधारमा १७६ रनको फराकिलो अन्तरले पराजित गर्यो।आफ्नो दोश्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिंग गर्दै, ३२४ रनको विशाल विजय लक्ष्य पेश गर्यो। नेपालको अग्रपंक्ति पुन: चुक्दा सागर- दिपेन्द्रको जोडीले पांचौ विकेटका लागि मध्यपंक्ति सम्हाल्दै उत्कृष्ठ १८५ रनको साझेदारी गर्न सफल भयो। उक्त क्रममा सागर, शतकबाट ८ रनले चुक्न पुगे भने दिपेन्द्र सिंह एेरीले ९६ बलमा शतकीय १२१ रन बनाउन सफल भए। पहिलो ईनिङ सक्ने क्रममा, करणले आफु आउट हुनु अघि १२ बलमा २६ रनको योगदान टिमलाई दिए। ३२४ रनको विशाल लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलि ब्लुमफिल्ड, नेपालको कसिलो बलिंगको सामु निरिह रह्यो। ब्लुमफिल्डले ३८औं ओवरमा १३४ रन जोड्दा आफ्नो नवौं विकेट गुमाईसकेको थियो। खराब प्रकाशका कारण खेल रोकिएपछि नेपालले डकवर्थ लुईस नियमका आधारमा १७६ रनले खेल जित्न सफल भयो। नेपालको बलिंग तर्फ सागर पुनले १६ रन खर्चंदै ३ विकेट हात पारे भने ललित भण्डारीको नाममा २ विकेट रह्यो।
आशालाग्दो मध्यपंक्तिनेपालको विगतका खेल हेर्दा ब्याटिङ पनि लगभग बलरहरुले नै सम्हालेको देख्न सकिन्छ। उत्कृष्ठ बलिङ रहेको नेपाली टोलिको लगातार खस्कने ब्याटिंग लाईन अप, सदाको टाउको दुखाई रहंदै आएको छ। तर एशियाकपको पुर्वसन्ध्यामा खेलिएका पछिल्ला दुई अभ्यास खेलले केही आशा भने अवश्य जगाएको छ। पहिलो अभ्यास खेलमा १९३ रनको योगफल खडा गर्ने क्रममा, मध्यपंक्ति सम्हाल्दै निकै सुझबुझका साथ आरिफले व्यक्तिगत ८९ रन बनाएका थिए। त्यस्तै दोश्रो अभ्यास खेलमा, ओपनर सुवास खकुरेल व्यक्तिगत ९ रन तथा अनिल शाह व्यक्तिगत १७ रन बनाएर पविलियन फर्कंदा कप्तान पारसले समेत २३ रन मात्र जोड्न सफल भएका थिए। उपल्लो क्रममा ब्याटिंग गर्न आएका रोहित पौडेलले समेक मौकाको फाइदा उठाउन नसक्दा मात्र ११ रन जोडेर आउट भए। नेपालको स्कोर ८४/४ रहेको अवस्था पश्चात भने सागर- दिपेन्द्रको जोडीले पाँचौं विकेटका लागि १८५ रनको साझेदारी गर्न सफल भयो। दिपेन्द्रले ९६ बलमा ९ चौका र ५ छक्का सहित १२१ रन जोड्दा सागर पुनले भने ८३ बलमा ८ चौका र ३ छक्का सहित ९२ रन बनाएका थिए। नेपालको अग्रपंक्तिले उत्कृष्ठ शुरुवात दिन सके र यसैगरी मध्यपंक्ति सम्हालिएर खेल्न सके, एशिया कपमा भारत पाकिस्तानको ग्रुपमा नाम दर्ता गर्न गाह्रो नपर्ला।
तीनवटा अभ्यास खेल्न श्रीलंका पुगेको नेपाली टोलीले आफ्नो अन्तिम अभ्यास खेल अगष्ट २६ तारिखमा कोल्ट्स विरुद्ध खेल्नेछ। एसिया कप छनौटमा नेपालले आफ्नो पहिलो खेल ओमानसंग २९ अगस्टमा खेल्नेछ जसका लागि हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुगेर टिमको साथ दिनेछन्।
