poezd-fun.com
  • Home
  • Sport

नेपाली क्रिकेट भविष्यको लागि नयाँ सोच : दुई युवा को समर्पण Letzcricket – Serving Nepali Cricket

बिशेष गरि नेपाली हरूका लागि चैत्र ३० र बैशाख १ गते महत्वपूर्ण दिन हुन । चैत्र ३० गते राती १२ बजे सम्म साथी भाई ईस्टमित्र संगिनी अनी जीवन संगिनी संगै रमाईलाे गर्दै बैशाख १ अर्थात नयाँ बर्ष लाई स्वागत गर्ने गरिन्छ ।

नयाँ बर्ष काे उपलक्ष्यमा देशले उल्लास मनाइ रहदा यी दुई युवा लाई भने यस पटककाे नयाँ बर्षकाे उमंगले छाेएन । नत यीनले अाफन्त संग खुसी साट्न पाए नत नयाँ बर्ष लाई स्वागत नै गर्न पाए बरू सबै बिन्दास रमाई रेहेका बेला राती १२ बजे बास स्थान खाेज्दै चितवनकाे नारायणी किनार मा भाैतारीदै थिए । ईच्छा नभएर वा परम्परा त्यागेर यी महत्त्वपूर्ण दिनलाई बेवास्ता गरेका भने हाेईनन यिनले । एक पबित्र अभियान काे सफलता काे सपना र नेपाली क्रिकेट प्रतिकाे समर्पण का अगाडि नयाँ बर्ष अागमनकाे उल्लास ले खासै महत्त्व राखेन यी दुई भाई अनि सहयाेगी रमेश श्रेष्ठलाई । यी हुन नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गाैतम र ब्रम्हास्मी कलेजका डाईरेक्टर सुनन्द रेग्मी ।

ब्रम्हास्मी कलेजकाे सहयाेगले नेक्सस क्रिकेट एकेडेमीको काे अायाेजनामा संचालन भैरहेकाे मेचीमहाकाली यात्रा अर्थात एसईई कप ट्यालेन्ट हन्ट का लागि अहाेरात्र खट्दै प्रतिभावान युवा खेलाडी काे खाेजी मा हिडेका यी अभियान्ता लाई नयाँ बर्षकाे उल्लास भन्दा बैशाख १ गते बिहान ८ बजे चितवनकाे क्याम्पाचाैर मा हुने ट्यालेन्ट हन्टकाे सफलता मा कतै कसर रहने हाे कि भन्ने चिन्ता बढी थियाे ।

जव विहान क्याम्पाचाैर पुगे तव त्यहाँ नेपाली क्रिकेट का भबिश्य हरूकाे भिडले स्वागत गर्याे अनि यिनै युवा क्रिकेटर हरूकाे बिचमा Happy New Year शब्दले नयाँ बर्ष मनाए । करिब ५ घण्टा कडा धुपमा पसिना बगाउदै युवा खेलाडीकाे प्रतिभालाई सुक्ष्म अबलोकन पछि लागे पाेखरा । बैशाख २ गते बिहान ८ बजे पाेखराकाे रंगशालामा फेरी यस्तै सयाै युवाहरू काे प्रतिभा निहाल्नु जाे छ । चैत्र २१ गते काठमाडौं बाट मनमा उत्साह, मुटुमा सपना र काधमा जिम्मेवारी बाेकेर हिडेका यी अभियान्ता हरू बैशाख १६ गते काठमाडौं का प्रतिभा हरूकाे छनाैट गर्दै पहिलाे चरणकाे अभियान बाट केहि दिन बिश्राम लिनेछन ।

झट्ट हेर्दा वा सुन्दा यी दुईले केनै यस्ताे महान काम गरे जाे प्रसंसा लाईक छ भन्ने पनि लाग्न सक्छ । जाबाे एक दिन एउटा नया बर्ष नमनाउदा यति धेरै बखान गर्नु पर्ने पनि भनिएला । कुरा नयाँ बर्ष, अाफन्त संगकाे रमाईलाे काे मात्र हाेईन नेपाली हरूकाे महत्त्व चाड मनाउन नपाउदाकाे पिडा त सबैले कुनै न कुनै बेला महशुस गरेकै हाेलान । कुरा एक ऐतिहासिक अभियान र उक्त अभियान लाई सफल पार्न यि दुई युवाकाे समर्पण काे हाे । कैलालीको हावाहुरीकाे भयानक अबस्था हाेस वा तराईकाे चरम गर्मी हाेस यात ट्यालेन्ट हन्ट असफल बनाउन खेलिएका फाेहाेरी खेल कुनै कुराले राेकिएनन् बरू चुनाैति लाई साहास मा बदल्दै अगाडि बढ्नु महत्त्वपूर्ण कुरा हाे । जुन दिन नेपाली क्रिकेट ले १ जना मात्र भए पनि हिरा पाउने छ त्याे दिन याे अभियान र यी दुई अभियान्ता काे महत्त्व ले सार्थकता पाउने छ ।

दुनियाले के भनिरहेका छन मतलव छैन भन्ने हरू त एकेडेमी र कलेजकाे प्रचार प्रसार गरेर हिडेकाकाे ठुलाे कुराे पनि भन्लान त्याे उनि हरूनै जानुन बस यी दुई भाइकाे एउटै लक्ष छ नेपालमै पहिलाे पटक गाउ गाउँमा गएर युवा खेलाडी काे पहिचान गर्ने कार्य लाई सफल पार्नु, टिम नेक्ससले देखेकाे सपना लाई सफल पार्न तयार गरिएकाे कार्ययोजना कार्यन्वयन गर्नु । याे पबित्र कार्यका अगाडि नत नयाँ बर्षले महत्त्व राख्दछ नत कसैका क्रिया र प्रतिक्रियाले नत घाम नत पानी नत बिनाशकारी हावाहुरीले नै । जाग लम्क नाै जवान हाे धुनमा निरन्तर अघि बढ्नुछ । बढी रहेका छन ।

हामीले नगरे कस्ले गर्ने ? अाज नगरे कहिले गर्ने ? अाखीर कसै न कसैले शुरूवात त गर्नै छ । सरकार काे सहयाेग लाई कुरेर , क्यान छैन भन्दै राेएर अनि दाता छैनन भनेर खुम्चिएर हुदैन अब मनमा अठाेट लिएर, मुटुमा सपना सजाएर अनि काधमा जिम्मेवारी बाेक्दै हिडे प्रबल र सुनन्द । अब पर्खेर नबसाै हातमा हात काधमा काध मिलाएर बढाै । स्राेत र साधन जुटाउन लागाै देश हामीले बनाउने हाे जस्ले जुन क्षेत्रमा सक्छ याेगदान गराै ।

RCB’s 6th consecutive loss, Delhi win by 4 wickets Letzcricket – Serving Nepali Cricket IPL 2019 Schedule Announced, Chennai face Bangalore in the opener Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top