poezd-fun.com
  • Home
  • Sport

नेपाली क्रिकेट र तनहुं जिल्ला क्रिकेटको वर्तमान अवस्था Letzcricket – Cricket News Articles From Around the Globe

नेपाल क्रिकेट, अनेक आरोह अवरोह पार गर्दै आज यस स्थान सम्म आईपुग्दा, राजनितीले थलिएको देशमा, एउटा खुशी हुने बहाना भने राम्रो मिलेको छ। विश्वका टेस्ट राष्ट्र आयरल्याण्ड तथा जिम्वाम्वेलाई पछि पार्दै ईतिहासमै पहिलो पटक टि२० अन्तरास्ट्रिय वरियतामा ११ औं स्थान ओगटेर देशलाई गर्ववान्वित तुल्याउंदै गर्दा, आजपनि क्रिकेट अविभावकविहिन बन्दा खुशी भने रहने स्थिती मान्न सकिंदैन। सन् २०१४ मा वंग्लादेशमा भएको टि२0 विश्वकपमा, नेपालले पहिलो पटक भाग लिएपछि एक हिसावले सम्पुर्ण देशवासीलाई एकजुट पार्न सफल भयो। अझ भनौं त्यस विश्वकप पश्चात, नेपाली क्रिकेटमा एउटा नयां आयामको सुरुवात भयो। बच्चाहरुलाई वुवा आमाले ब्याट र बल किन्दिने वातावरणको सुरुवात भयो। त्यही विश्वकप पछि उदाए नेपाली क्रिकेटका चम्किला नक्षत्र सन्दिप लामिछाने, जसलाई हाल विश्वले वाह वाह गरिरहेको छ। विश्व क्रिकेटका सबैभन्दा माथिल्लो स्तरका प्रतियोगिता आईपियल, विग व्यास लिग, पिएसएल, क्यारेबियन लिग लगाएतका अन्य प्रतियोगिता खेल्न भ्याईसकेका सन्दिप लामिछाने हाल सर्वाधिक सफल क्रिकेटर मध्येका पहिलो मान्न सकिन्छ। त्यसरी नै, जब नेपाल सन् २०१४ को टि२० विश्वकप खेलिरहेको थियो, हंगकंग विरुद्धको पहिलो बलमै कप्तान पारस खड्काले विकेट लिंदा तीन वित्ता उफ्रिएका फुच्चे थिए, रोहित पौडेल। त्यसपछि, विश्व क्रिकेटका भगवान मानिएका सचिन तेन्दुलकरले बनाएको अन्तर्राष्ट्रिय रेकर्ड “वानडेमा अर्धशतक बनाउने कान्छा खेलाडी”को रेकर्ड तोड्दै आज नेपालका रोहित पौडेल विश्व क्रिकेटमा उदाईसकेका छन्। हामीसंगै सन् २०१०मा विश्व क्रिकेट लिग डिभिजन ५ खेलेको अफगानिस्तान आज विश्व क्रिकेटमा तहल्का पिट्दै दोश्रो पटक २०१९ को आउंदो आईसिसी विश्वकप खेल्दैछ। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय स्टेटस त पायो तर हामी अझै चुकिरहेका छौं। आखिर हामी संगै खेलेको अफगानिस्तान, टेस्ट रास्ट्र बनेर एकदिवसीय विश्वकप नै दुई पटक खेल्ने क्रममा रहंदा, हामी भने त्यही ५ वर्ष अगाडीको टि२० विश्वकप सम्झेर बस्नुपर्ने अवस्था छ। अफगानिस्तान यहांसम्म पुग्दा हामी कहां चुक्यौं त? हामी कहां चुक्यौं भन्दा, हामी हाम्रो जिल्लामा क्रिकेट गतिविधी के कति भईरहेका छन् भन्ने कुरामै बेखबर रह्यौं। हामी यहींनेर चुक्यौं। क्रिकेट गतिविधी गर्ने, गराउने प्रमुख अविभावक क्यानलाई आईसिसीले प्रतिबन्ध लगाउंदा, जिल्ला क्रिकेट संघको अस्तित्व तथा यसका गतिविधीमा प्रश्न गर्न कहिल्यै सकेनौं, हामी यहीं नेर चुक्यौं। आजको केही दशक अघि तनहुंमा क्रिकेट खेल्नेहरुको न कमि थियो न आज यसको कमी छ तर त्यो खेल खेल्ने उर्जामा भने अहिले ह्रास पक्कै आएको छ। तर पनि हाम्रो तनहुं जिल्लाले कहिल्यै क्रिकेटमा फड्को मार्न सकेन। पहिलेको विपी वन वाटिकाको तल्लो चौर, बैरेनीको चौर, आंबु खैरेनीमा स्थानीय युवाले नै क्रिकेट गतिविधी गरिरहेको प्रसस्तै देख्न सकिन्थ्यो। अझ भनौं, नेपाली रास्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको मामाघर रहेको जिल्ला, आज क्रिकेटमा कसरी चुक्यो? कहां थियो तनहुं जिल्ला क्रिकेट संघ र आज कहां छ जिल्ला क्रिकेट संघ? यहां खेल्ने युवाहरुले तनहुं क्रिकेट संघ भन्ने आफ्नो अभिभावक न पहिले पाए न आज पाईरहेका छन्। जुन मात्रामा तनहुं क्रिकेटले एक दशक अघि सम्भावना बोकेको थियो त्यो मात्रामा हामीले अविभाकत्व ग्रहण गर्न सकेको भए, सायद आज क्रिकेटको सहर भनेर धनगढी होईन, दमौलीको नाम आउन सक्थ्यो। त्यो सम्भावना हामीसंग थियो, ती प्रतिभा हामीसंग थिए, तर हामी चुक्यौं। न ती खेलाडीको रेखदेख त्यो समयमा भयो, न आज हुंदैछ। आज पनि यहांका प्रतिभावान् खेलाडीको समस्या एउटै छ, “हामी खेल्न सक्छौं तर हामीलाई कसैले साथ दिदैन, नामको क्रिकेट संघ छ तर पोखरामा प्रतियोगिता खेल्न जान परे खर्च हुंदैन, पाईंदैन। खेल्ने एउटा गलितो मैदान छैन, हेपिएर खोल्नुपर्छ। प्रतियोगिता खेल्न अभ्यास गर्ने ठाउं नपाएर विजोग हुन्छ।” दमौली, बैरेनी, आंबुखैरेनी, खैरेनीटार मात्र नभई जिल्लाभरी छरिएका प्रतिभाको त हामीलाई अन्दाज पनि नहुन सक्छ। एक पक्षले, अर्को पक्ष, अर्को पक्षले अर्को पक्षलाई दोषारोपण गरेरै हामी चुकिसक्यौं। आईसिसीले गठन गरेको सल्लाहकार समितीले तनहुं जिल्ला क्रिकेट संघका ३१ सदस्यलाई मापदण्ड विपरीत रहेको भन्दै सदस्यता खारेज गरिसकेको छ। पुन: सदस्यता वितरण गरि निर्वाचन गर्नुपर्ने जिल्लामा तनहुं संगै पर्सा, मकवानपुर, उदयपुर, भक्तपुर र ललितपुर रहेका छन्। आईसिसीको स्वतन्त्र समितीले नेपाल क्रिकेट संघ (CAN)मा आवद्ध ३९ जिल्ला क्रिकेट संघलाई ४ तहमा वर्गीककण गरेको छ। जसमा सदर जिल्ला (२०) – सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, परासी, कपिलवस्तु, बर्दिया, बाके, सुर्खेत, रुपन्देही, कंचनपुर, डडेलधुरा, बझाङ, अछाम, बैतडी। पुन: निर्वाचन गर्नुपर्ने तर पुन: सदस्यता बाढ्नु नपर्ने जिल्ला (७) – महोत्तरी, काठमाडौ, चितवन, मोरङ, कैलाली, सप्तरी, दाङ। पुन: नयां सदस्यता वितरण गरी निर्वाचन गर्नुपर्ने जिल्ला (६)- पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर। अपर्याप्त सदस्य भएका जिल्ला/सदस्यता खारेज (एक मौका दिने निर्णय) जिल्ला – नुवाकोट, इलाम, झापा, स्याङ्जा, दार्चुला, डोटि। साथै मापदण्ड नपुगी सदस्यता लिनेमा केही ठुला नाम समेत रहेका छन् जसमा दिपक कोइराला (कास्की), टन्क प्रसाद पनेरु (झापा), मोहम्मद साद बाबू र सुरेश लाल श्रेष्ठ (मोरङ्ग), राष्ट्रिय कोच जगत टमाटा (अछाम), लाक्पा लामा र मनोज कटुवाल (झापा)।

अब पुन: एकपटक सम्पुर्ण क्रिकेट खेलप्रेमी, सरोकारवाला, शुभचिन्तकले एकपटक सोच्ने बेला भने आएको छ। भोली हाम्रो जिल्ला तनहुंले पनि अर्को पारस खड्का र सन्दिप लामिछाने जन्माउने कि नजन्माउने? प्रतिभा हुंदा हुंदै तनहुं जिल्ला पनि अझै पछि परिरहने कि, सबै पक्षलाई एकजुट बनाई अघि बढ्ने? एकपटक सोच्ने अवस्था भने आएको छ, सन्दिप लामिछानेले दिल्ली क्यापिटल्सबाट खेलेर क्रिस गेलको विकेट लियो भनेर पनि तनहुंबासी खुशी मनाउने अवस्था छैन जबसम्म त्यो सन्दिप भोली तपाईंको छोरा हुंदैन। (साथै महिला क्रिकेट पनि विकाश गर्दै भोली अर्को रुविना क्षेत्री तनहुं जिल्लाबाट प्रतिनिधि पात्र बन्न जरुरी छ) 

Another exciting final day: Australia vs Pakistan Letzcricket – Cricket News Articles From Around the Globe Andre Russel banned for one year Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top