poezd-fun.com
  • Home
  • Sport

नेपाल सिंगापुरसँग पराजित, २०२० विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुन असफल Letzcricket – Serving Nepali Cricket

सिंगापुरमा जारी विश्व ट्वान्टी–२० एसिया छनोट अन्तर्गतको आफ्नो अन्तिम खेलमा सिंगापुर संग पराजित भएपछि नेपाल टि २० विश्वकप ग्लोबल छनोटमा पुग्न असफल भएको छ । यस जितसँगै सिंगापुरले पहिलो पटक टि २० विश्वकप छनौट खेल्न पाउने भएको छ ।

ग्लोबल छनोटका लागि निर्णायक यस खेलमा टस जितेर सिंगापुरले पहिले ब्याटिंग गरेको थियो । निर्धारित २० ओभरको समाप्तिमा सिंगापुरले ६ विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो । सिंगापुरका लागि टिम डेभिडले ४३ बलमा ७७ रनको उत्कृष्ट पारी खेले । अस्ट्रेलियाको बिग बासमा पर्थ स्क्रोचर्सबाट प्रतिनिधित्व गरिसकेका डेभिडले ८ चौका र ३ छक्का प्रहार गरे । यस्तै रोहन रंगराजनले ३३ बलमा ४९ रन बनाए भने मनप्रित सिंहले २७ बलमा ४२ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले ४ विकेट लन ३५ रन खर्चिए भने करण केसीले २ विकेट हात पारे । सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए भने वसन्त रेग्मीले ४ ओभरमा ५४ रन अर्चँदा विकेटविहिन रहे । जवाफी ब्याटिंगमा उत्रेको नेपाल १५ ओभरमा १०९ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ले ३९ रन बनाए भने दीपेन्द्र सिहं ऐरीले २३ रन बनाए ।

Match Summary :
Singapore 191/6 from 20 Overs ( TH David 77, R Rohan 49, Manpreet Singh 42, Avinash Bohara 4-35, Karan KC 2-26)beat

Nepal 109 from 15 Overs ( Gyanendra Malla 39, Dipendra Singh Airee 23, S Vijayakumar 4-25)

by 82 runs

दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी, इशान र कुशललाई मौका Letzcricket – Serving Nepali Cricket नेक्सस क्रिकेट एकेडमी श्रीलंकामा जारि बाइल्यटरल सिरिजको बिजेता बन्दै घर फर्क्यो Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top