poezd-fun.com
  • Home
  • Sport

पीएम कप पहिलो दिन : त्रिभुवन आर्मी विजयी Letzcricket – Serving Nepali Cricket

See Full Scorecard

काठमाडौंमा शुक्रबारदेखि शुरु भएको पीएम कपको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

टस हारेर ब्याटङिमा उत्रेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७८ रनको योगफल तयार गरेको थियो । आर्मीका लागि ओपनर विनोद भण्डारी तथा राजु रिजालले अर्धशतकीय पारी खेलेका थिए । राजुले ९० रन बनाउंदा विनोदले ६६ रनको योगदान दिए । प्रदेश नं २ का लागि हरि शंकर शाहले १० ओभरमा ५५ रन खर्चंदै ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नं २ ३१.४ ओभरमा १०७ रनमा समेटिएको थियो । प्रदेश नं २ का लागि हरि शंकर शाहले सर्वाधिक २१ रनको योगदान दिए । आर्मीका लागि शाहब आलमले २९ रन खचेर ४ विकेट लिंदा सुशन भारीले ३ विकेट लिए ।

पीएम कप : प्रदेश नं ३ र एपीएफ विजयी Letzcricket – Serving Nepali Cricket Namibia, Kenya and Uganda make bright start to T20 World Cup Africa Final Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top