poezd-fun.com
  • Home
  • Sport

पीपीएल र लेट्जक्रिकेटको सहकार्यमा नेपालमै पहिलो पटक आधिकारिक फ्यान्टासी लिग Letzcricket – Cricket News Articles From Around the Globe

यहि कार्तिक ९ गते बाट क्विन्स् इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) ले आफ्ना महत्वपुर्ण फ्यानहरुका लागि नेपालमै पहिलो पटक फ्यान्टासी लिग लिएर आएको छ। आधिकारिक फ्यान्टासी पार्टनर लेट्जक्रिकेटले तयार गरेको यस फ्यान्टासी लिग मार्फत पोखरा प्रिमियर लिगले आफ्ना फ्यानहरुलाई भर्चुअल म्यानेजर बन्ने अवसर दिनेछ।

दिईएको न्युनतम भर्चुअल रकम अनुसार फ्यानहरुले आफ्नो टिम बनाउनुपर्नेछ जसमा न्युनतम ४ ब्याट्सम्यान, ४ बलर, १ विकेटकिपर, १ अलराउन्डर तथा १ आफ्नो ईच्छा अनुसार खेलाडी राख्न पाईएनेछ। प्रतियोगिता अवधिभर आफ्नो टिमका खेलाडीको प्रदर्शन अनुसार सर्वाधिक पोईन्ट कमाउन सफल फ्यानलाई मार्की खेलाडीहरुको हस्ताक्षर सहितको आकर्षक ब्याट जित्न सक्नेछन्।

“यस फ्यान्टासी नेपाली खेलकुदमा नौलो आयाम हो, फ्यान्टासी तपाईंको मनपर्ने खेलाडीले हैन, तपाईको स्किल र क्रिकेटको ज्ञानले जिताउंनेछ”, आयोजक छुम्वी लामाले बताउनु भयो।

 फ्यान्टासी खेल्न यहाँ क्लिक गर्नुहोस्

पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता Letzcricket – Cricket News Articles From Around the Globe Dhawan-Shaw starts as Delhi beat Chennai by 7 wickets Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top