poezd-fun.com
  • Home
  • Sport

पुर्व भारतीय कप्तान महेंद्र सिंह धोनीले खुलाए २०११ विश्वकप फाईनलको त्यो रहस्य Letzcricket – Serving Nepali Cricket

क्रिकेटप्रेमी कमैले विर्सेका होलान् त्यो फुल प्याक्ड वांखडे स्टेडियम, धोनीको हेलिकप्टर सट् अनि भारतले २८ वर्षपछि जितेको त्यो विश्वकप फाईनल। सन् २०११ अप्रिल २ मा भारत श्रीलंकाको विरुद्ध विश्वकप फाईनल खेलिरहेको थियो। सांगाकाराको कप्तानीमा रहेको श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो। जाहिर खानले सुरुवाती स्पेलमा लगातार ३ ओवर मेडन राख्दै ओपनर उपुल थरंगाको पनि विकेट लिए। माहेला जयवर्धनेको अविजित १०३ रनसंगै सांगाकारा, दिलशान र कुलाशेखाराले पनि राम्रै साथ दिए। अन्त्यमा पेरेराको केही दिलचस्प सट्हरु संगै श्रीलंकाले निर्धारित ५० ओवरमा ६ विकेटको क्षतिमा २७४ रन बनायो।

२७५ रनको लक्ष्य पछ्याउंदै जवाफी ब्याटिङको लागि आएको भारत, मलिंगाको दोश्रो बलमै ठुला ब्याट्सम्यान सहवाग गुमाएपछि लड्खडायो। मलिंगाको अगाडी सचिन पनि टिकेनन्।एउटा एन्डमा गौतम गम्भीर डटिरहंदा, सचिनको वापसी पछि आएका विराट कोहली पनि ३५ रन बनाएर पविलियन फर्किए। भारतले ३ विकेट गुमाउंदा एक निर्णय अचम्मको देखियो। ब्याट समातेर कप्तान महेन्द्र सिंह धोनी आंफै मैदान आए, सोचे अनुसार म्यान अफ द सिरिजका दावेदार युवराज सिंह आएनन्। त्यस निर्णय पछि के भयो? भारतीय क्रिकेट ईतिहासमा सुनौलो अक्षरले महेन्द्रसिंह धोनीको नाम लेखियो। 

विश्वकप सकिएको करिब ७ वर्षपछि धोनीले यस विषयको राज हालसालै खोलेका छन्। उनले भने “श्रीलंकाका अधिकांश खेलाडीबारे मलाई राम्रै जानकारी थियो किनभने उनीहरु चेन्नई सुपर किंग्सको पनि हिस्सा थिए। मैले आफैलाई पदोन्नति गरे किनभने उक्त समय मुरलीधरन वलिङ गर्दै थिए। मैले उनलाई CSK नेटमा धेरै खेलेको छु र मलाई विश्वास थियो कि म उनको विरुद्ध स्वतन्त्र रूपमा रन बनाउन सक्षम हुनेछु। त्यो नै मैले आफ्नो पोजिसनबाट माथि खेल्नुको मुख्य कारण थियो।”

Thala spilling the secret behind the success of the promotion up the order in 2011 Final! #Yellove it is! #WhistlePodu

नेक्सस कप पाँचौ दिन : बेष्टर्न र ओसिस क्रिकेट एकेडेमी बिजयी Letzcricket – Serving Nepali Cricket ३ दिने ईन्डाे नेपाल क्रिकेट सिरीज एन सी सी भारत बिजयी Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top