यहि कार्तिक ९ गते बाट क्विन्स् इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) मा, पोखरा पल्टन्स टिमले लोकल आईकनिक प्लेयरमा अनुभवी अलराउण्डर दिपेश खत्री र अर्का खेलाडी सुमन घिमिरेलाई आवद्ध गरेको छ। दिपेश खत्री पुर्व राष्ट्रिय टोलीको प्रतिनिधित्व समेत गरिसकेका खेलाडी हुन्।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले यस प्रतियोगितामा विजयी हुने टोलीलाई २७ लाख तथा उप विजेता टोलीलाई १० लाख प्रदान गर्ने घोषणा गरिसकेको छ भने प्रतियोगिताका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई सुजुकी जिक्सर बाइक प्रदान गरिने जनाईसकेको छ । नेपाली क्रिकेट इतिहासमा एकै प्रतियोगितामा पुरस्कार बापत ३ वटा बाइक प्रदान गर्न लागिएको सम्भवतः यो पहिलो पटक हो । यस पुरस्कारले खेलाडीमा उत्साह बढ्ने तथा पिपिएल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
