poezd-fun.com
  • Home
  • Sport

पोखरा प्रिमियर लिगका टिम तथा मार्की प्लेयरको घोषणा Letzcricket – Cricket News Articles From Around the Globe

#Pokhara-Premier-League-PPL-2018

 यहि कार्तिक  ९ गते बाट क्विन्स् इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)का लागि टिम तथा मार्की प्लेयरको घोषणा गरिएको छ। पोखरामा हुने उक्त प्रतियोगितामा तलका ६ टिम रहने छन्:

चितवन राईनोज:

पारस खड्का मार्की प्लेयर तय गरिएको यस टिममा युवा व्यवसायी राहुल महरा सहित एन आर एन नेपालीको समेत लगानी रहने बताईएको छ।

विराटनगर टाईटान्स:

युवा स्टार सन्दिप लामिछाने मार्की प्लेयर रहेको यस टिमको स्वामित्व पुर्व क्रिकेटर तथा व्यवसायी पारस लुनिया सहितको टिमको रहने जानकारी गरिएको छ।

बुटवल व्लास्टर्स:

पेस सेन्सेसन सोमपाल कामी मार्की प्लेयर रहेको यस टिममा रामबहादुर विष्ट सहितका व्यवसायीको स्वामित्व रहेको छ।

पोखरा पल्टनः

शरद भेषावकर मार्की प्लेयर तय गरिएको यस टिममा व्यवसायी विनायक पोखरेलको स्वामित्व रहेको छ।

एक्सपर्ट धनगढी ब्लुज:

युवा खेलाडी दिपेन्द्रसिंह ऐरी मार्की प्लेयर घोषणा गरिएको यस टिमको स्वामित्व एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका संजीव शर्माको रहेको छ।

हुलास काठमान्डौ रोयल्स:

गोल्छा ग्रुपको स्वामित्व रहेको यस टिमका मार्की प्लेयर नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्।

साथै पोखरा प्रिमियर लिगले क्रिकेट समर्थकका निम्ति प्रतियोगिता अवधिवर विश्वमै प्रचलित फ्यान्टासीको अवधारणा पनि अघि सार्दै समर्थकहरुलाई धैर्य गर्न आह्वान गरेको छ। 

Kings XI Punjab : Probable XI and Team Analysis Letzcricket – Cricket News Articles From Around the Globe Mumbai vs Hyderabad : Match Prediction, Head to Head, Probable XI Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top