poezd-fun.com
  • Home
  • Sport

पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता Letzcricket – Cricket News Articles From Around the Globe

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा कात्तिक ९ गते देखि २० सम्म पोखरामा हुने फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिता पीपीएल मान्यता दिएको छ ।  आयोजकले पठाएको सबै कागजातको अध्ययनपछि आईसीसीले पीपीएललाई मान्यता दिएको हो ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले मान्यता दिएको जानकारी दिएको हो । आईसीसीले मान्यता दिएसँगै अब पीपीएलमा प्रत्येक टिमले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भएका छन् ।

आइसीसीको मान्यतासँगै पीपीपएलमा खेल्न विदेशी खेलाडीलाई समेत सजिलो हुने र सम्बन्धित देशबाट ‘एनओसी’ लिन खेलाडीहरुलाई सहज हुनेछ ।

पोखरामा हुने उक्त प्रतियोगितामा तलका ६ टिम रहने छन्:

चितवन राईनोज:

पारस खड्का मार्की प्लेयर तय गरिएको यस टिममा युवा व्यवसायी राहुल महरा सहित एन आर एन नेपालीको समेत लगानी रहने बताईएको छ।

विराटनगर टाईटान्स:

युवा स्टार सन्दिप लामिछाने मार्की प्लेयर रहेको यस टिमको स्वामित्व पुर्व क्रिकेटर तथा व्यवसायी पारस लुनिया सहितको टिमको रहने जानकारी गरिएको छ।

बुटवल व्लास्टर्स:

पेस सेन्सेसन सोमपाल कामी मार्की प्लेयर रहेको यस टिममा रामबहादुर विष्ट सहितका व्यवसायीको स्वामित्व रहेको छ।

पोखरा पल्टनः

शरद भेषावकर मार्की प्लेयर तय गरिएको यस टिममा व्यवसायी विनायक पोखरेलको स्वामित्व रहेको छ।

एक्सपर्ट धनगढी ब्लुज:

युवा खेलाडी दिपेन्द्रसिंह ऐरी मार्की प्लेयर घोषणा गरिएको यस टिमको स्वामित्व एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका संजीव शर्माको रहेको छ।

हुलास काठमान्डौ रोयल्स:

गोल्छा ग्रुपको स्वामित्व रहेको यस टिमका मार्की प्लेयर नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्।

Karima Gore, Monank Patel the stars, as USA continue unbeaten run Letzcricket – Cricket News Articles From Around the Globe पीपीएल र लेट्जक्रिकेटको सहकार्यमा नेपालमै पहिलो पटक आधिकारिक फ्यान्टासी लिग Letzcricket – Cricket News Articles From Around the Globe

Flashscore
banner
banner
Back to top