poezd-fun.com
  • Home
  • Sport

ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता काठमाण्डौ रोयल्स र कैलाली डल्फीन बिजयी Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जेष्ठ २६ गते बाट शुरु भएको “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” को पहिलो दिनको पहिलो खेल बिराटनगर लाईन्स लाई ९ विकेटले हराउदै काठमाण्डौ रोयल्स बिजयी भएको छ भने दोस्रो खेल दङगाली त्रिशुल लाई ७ विकेटले पराजित गर्दै कैलाली डल्फीन ले बिजयी यात्रा शुरु गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको बिराटनगर लाईन्स का कुनै पनि ब्याट्स म्यानले दोहोरो अंक बनाउन नसक्दा १४.३ ओभरमा अल आउट हुदै ४७ रनमा समेटिएको थियो । ४८ रनको सामान्य लक्ष्य पच्छ्याउदै जवाफी ब्याटिङमा उत्रेको काठमाण्डौ रोयल्सले ९.३ ओभरमै १ बिकेट क्षेतीमा लक्ष्य हासिल गर्दा ९ विकेटले खेल जितेको थियो । काठमाण्डौका साहिद मन्सुरी ले ३ ओभर बलिङ गर्दै ८ रन खर्चेर ४ विकेट लिएका थिए भने निकेश गुप्ताले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ४ विकेट लिएका थिए । म्यान अफ द म्याच साहिद मन्सुरी घोषित भए ।

दोस्रो खेल कैलाली डल्फीन बिजयी
जेष्ठ २६ गते सम्पन्न दास्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दङगाली त्रिशुल ले निर्धारित ३० ओभरमा २९.३ ओभर खेलि अल आउट हुदा १४० रन बनाउन सफल भएको थियो । दङगाली त्रिशुलका ब्याट्स म्यान सहवाज खानले ६० बलमा ५४ रन बनाएका थिए भने सक्रिय कार्कीले २१ रन बनाएका थिए । बलिङ तर्फ कैलाली डल्फीनका डबल ऐर ३, सुनिल भण्डारी २, र रमेश बुढा, रोबिन क्षेत्री र सुदिप बस्नेतले समान १÷१ विकेट लिएका थिए ।

१४१ रन को लक्ष्य लिएर ब्याटिङमा उत्रेको कैलाली डल्फीनका ओपनर ब्याट्स म्यान प्रियान्सु श्रेष्ठ र सुदिप बस्नेतले उत्कृष्ट पारी खेल्दा कैलाली ७ विकेटले बिजयी भएको छ । म्यान अफ द म्याच घोषित प्रियान्सु श्रेष्ठले ४७ बल खेल्दै १ छक्का ७ चौका प्रहार गरि ५८ रन बनाएका थिए भने सुदिप बस्नेतले ५२ बलमा ५ चौका प्रहार गर्दै ४३ रन बनाएका थिए । बलिङ तर्फ दङगाली त्रिशुलका सृजन गुरुङले २ विकेट लिन सफल भएका थिए ।

जेष्ठ २७ गतेको खेल तालिका जेष्ठ २७ गते पहिलो खेल — काठमाण्डौ रोयल्स र कैलाली डल्फीन

जेष्ठ २७ गते दास्रो खेल — बिराटनगर लाईन्स र दङगाली त्रिशुल

DPL-2 Auction: Kathmandu Goldens Letzcricket – Serving Nepali Cricket New Zealand Vs India, 2nd ODI Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top