poezd-fun.com
  • Home
  • Sport

ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता जेष्ठ २६ देखी शुरु हुने, अक्सन सम्पन्न Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सम्पनन हुने “ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिता” काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा जेष्ठ २६ गते बाट शुरु हुने भएको छ । देशभरका १२ स्थान मा ट्यालेन्ट हन्ट गरि १२० खेलाडी प्रारम्भीक छनौट गरिएको जनाउदै प्रारम्भीक छनौट भएका खेलाडी हरुको काठमाण्डौमा ७ दिने बन्द प्रशिक्षण पश्चात छनौट भएका ६० खेलाडी को जेष्ठ २४ गते अक्सन सम्पन्न गरिएको टुर्नामेन्ट डाईरेक्टर प्रबल गौतम जानकारी गराउनु भयो ।

देशका बिभिन्न सामरिक महत्वका प्रमुख ४ स्थानको नाममा टिम बिभाजन गरि प्रतियोगिता सम्पन्न हुनेछ भने प्रत्येक खेल ३०÷३० ओभरको हुने छ । प्रतियोगिता ४ दिन संचालन हुनेछ । यस बर्ष एसईई दिएका ५६ खेलाडी, अन्डर सिक्सटिनका ४ जना उदयीमान खेलाडी र ८ जना यसै बर्ष एसईई दएिका टिम मालिकले रोजेका खेलाडी गरि प्रतियोगितामा ६८ खेलाडी ले सहभागिता जनाउने छन ।

आज सम्पन्न अक्सनमा काठमाण्डौ रोयल्स को टिम उत्तम थापा मगरको कप्तानीमा प्रबिन भुजेल, सिमान्त शाही, मन्दिप भुजेल, शेजाद मन्सुरी, रोनिम तिवारी, अनुप नेपाल, प्रेम बोहोरा, किशोर आचार्य, कौशल श्रेष्ठ, सुमित बुढाथोकी,साहिल सिंह, बिजय पौडेल, राहुल खतिवडा, निकेश गुप्ता ईमर्जिङ ट्यालेन्ट, वनर च्वाईस बाट सुनोज के सी र रोशन शाह रहेका छन । केशव के सी टिम वनर, सरस्वती शाही म्यानेजर र जनक नेपाल प्रशिक्षक रहेका छन ।

यसै गरि कैलाली डल्फीनको टिम प्रियान्सु श्रेष्ठको कप्तानीमा शाहिल पटेल, डबल ऐर, सन्दिप बस्नेत, अबिशेक कुवँर, रोबिन क्षेत्री, सुशिल क्षेत्री, रमेश बुढा, समिर खड्का, हिमांशु भट्ट, सरद सुबेदी, हरिश के सी, सुनिल भण्डारी, सन्देश गौतम, अस्फाक खान ईमर्जिङ ट्यालेन्ट, र वनर च्वाईसमा मिनल तिमिल्सीना र सशांक तिमिल्सीना रहेका छन । मंगल बहादुर शाही टिम वनर, राज बम म्यानेजर र प्रकाश चन्द प्रशिक्षक रहेका छन ।

बिराटनगर लाईन्स को अमित कुमार महतो को कप्तानीमा शंकर पौडेल, सचिन न्यौपाने, ईशान शेख, राम सुरथ यादव, रोहन भट्टराई, अर्जुन ढकाल, अभिशेक बुढाथोकी, तनिस स्वप्नील, ईन्द्र देउवा, सर्बोच्च बस्नेत, उमंग बस्नेत, हिमाल न्यौपाने, प्रबेश साउद, रोचक यादव ईमर्जिङ ट्यालेन्ट, वनर च्वाईस सम्राट बस्नेत रहेका छन । टिम वनरमा अभिशेक श्रेष्ठ, म्यानेजर प्रदिप सुनुवार र प्रशिक्षक रेवती रमण यादव रहेका छन ।

यसै गरि सहवाज खान को कप्तानीमा टिम दङगाली त्रिशुल घोषणा भएको छ । टिममा नितेश गुप्ता, सम्भव श्रेष्ठ, प्रभाकर कुवँर, हरिश पन्त, रोजिन जायाना श्रेष्ठ, सक्रिय कार्की, भुपेन्द्र चन्द, बिपीन भन्डारी, सचिन क्षेत्री, सार्थक न्यौपाने, कुशल नेपाली, अदित रावत, रिवाज निरौला, उमेश राम ईमर्जिङ ट्यालेन्ट, वनर च्वाईसमा सृजन गुरुङ रहेका छन । डा.आलया शर्मा टिम वनर, मणिरत्न कुमार शाह म्यानेजर र आशिब पौडेल प्रशिक्षक रहेका छन ।

खेल तालिका

जेष्ठ २६ गते पहिलो खेल — काठमाण्डौ रोयल्स र बिराटनगर लाईन्स
जेष्ठ २६ गते दास्रो खेल — कैलाली डल्फीन र दङगाली त्रिशुल

जेष्ठ २७ गते पहिलो खेल — काठमाण्डौ रोयल्स र कैलाली डल्फीन
जेष्ठ २७ गते दास्रो खेल — बिराटनगर लाईन्स र दङगाली त्रिशुल

जेष्ठ २८ गते पहिलो खेल — बिराटनगर लाईन्स र कैलाली डल्फीन

जेष्ठ २८ गते दास्रो खेल — काठमाण्डौ रोयल्स र दङगाली त्रिशुल

आइसीसी यु १९ एसिया क्वालिफायरका लागि नेपाली टोलीको घोषणा Letzcricket – Serving Nepali Cricket NCA Nepal U16 beat Srilanka U16 : Scorecard Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top