poezd-fun.com
  • Home
  • Sport

ब्रम्हास्मी एसईई कप ट्यालेन्ट हन्टको प्रदेश नं.५ मा छनौट सम्पन्न Letzcricket – Serving Nepali Cricket

नेक्सस क्रिकेट एकेडेमीको आयोजना तथा ब्रम्हास्मी कलेज तीनकुने काठमाण्डौको मुख्य प्रायोजनमा सम्पन्न हुने एसईई कप २०७६ का लागि देशभर ट्यालेन्ट हन्ट आयोजना गरि खेलाडी हरु छनौट गर्ने कार्यक्रम अन्तरगत प्रदेश नं. ५ प्रारम्भीक छनौट सम्पन्न भएको छ । प्रतिभावान युवा खेलाडी हरुको खोजिमा मेची महाकाली अभियानमा जुटेको टिम नेक्ससले प्रदेश नं. ५ को कोहलपुर, दाङ र बुटवल बाट ३० जना खेलाडी छनौट गरेको हो ।

कोहलपुर छनौट केन्द्र बाट रोहित सापकोटा र दिलिप सुनार छनौट भएका छन भने दाङ छनौट केन्द्र बाट सुमन दशौदी, सन्देश पाण्डे, प्रभाकर कुवर, शरद सुबेदी, सन्दीप डागी, अभिशेक बुढाथोकी, शंकर पौडेल, बिजय पौडेल, सौरभ चौधरी, अमृत घर्ती, ईशान चौधरी, प्रशान्त लामिछाने,अमृत बुढाथोकी र हरिश के सी छनौट भएका छन । त्यसै गरि बुटवल छनौट केन्द्र बाट दिवस सेन्चुरी, सिमान्त शाही, रामु काफ्ले, रोशन क्षेत्री, सुरज सारु, गोपाल शर्मा, कृष्ण प्रधान, जय गोदार, अशोक पौडेल, अनिल भुषाल, उक्तम मगर, सलमान खान र लक्ष्मण रायमाझी छनौट भएका छन ।

प्रदेश नं. ७, ६ र ५ बाट ५१ जना खेलाडी छनौट भैसकेका छन भने बैशाख १ गते चितवन को क्याम्पा चौरमा, २ गते पोखरा रंगशालामा, ३ गते कलैया क्रिकेट मैदानमा, ५ र ६ गते बिराटनगर क्रिकेट एकेडेमीमा, ७ गते युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड र १५ र १६ गते नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौमा सम्पन्न हुने छ ।

हरेक छनौट केन्द्रमा स्थानिय संयोजक, प्रशिक्षक र नेक्सस क्रिकेट एकेडेमीका उपाध्यक्ष प्रबल गौतम सदस्य रहेको ३ सदस्यीय छनौट समितिले ट्यालेन्ट हन्ट बाट खेलाडी हरु छनौट गरेको हो ।

चैत्र २२ गते देखी शुरु भएको ब्रम्हास्मी ट्यालेन्ट हन्ट बैशाख १६ गते सम्म देश भरका १२ स्थान मा सम्पन्न हुने छन । १२ छनौट केन्द्रबाट १०० खेलाडी छनौट गरि काठमाण्डौमा बैशाख १८ गते देखी २४ गते सम्म बन्द प्रशिक्षण शिबिर गरिनेछ । बन्द प्रशिक्षण बाट ४८ जना खेलाडी को अन्तिम छनौट गरिनेछ । ट्यालेन्ट हन्ट बाट छनौट भएका खेलाडी सम्लित ८ टिम को सहभागितामा एक दिबसीय एसईई प्रतियोगिता सम्पन्न गरिने आयोजक नेक्सस क्रिकेट एकेडेमी की प्रबन्धक सरस्वती शाहीले बताउनु भएको छ ।

ब्रम्हास्मी कलेजले ट्यालेन्ट हन्ट मा सहभागी सबै खेलाडी हरुलाई आंशिक तथा एसईई कपमा उत्कृष्ट प्रर्दशन गर्ने १४ खेलाडी लाई पुर्ण छात्रबृतीमा अध्ययन गराउने कुरा कलेजका एकेडेमीक डाईरेक्टर सुनन्द रेग्मीले जानकारी गराउनु भयो । अधिल्लो बर्ष पनि १२ खेलाडी हरु लाई निशुल्क प्रशिक्षण गराई रहेको छ ।

Sunrisers outplay RCB with Bairstow and Warner ton Letzcricket – Serving Nepali Cricket मलेसियाद्वारा नेपाललाई ९३ रनको लक्ष्य Letzcricket – Serving Nepali Cricket

Flashscore
banner
banner
Back to top